Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अशोक राईलाई वामदेवकै हैसियत दिन तयार नेकपा, अर्को साता पार्टी एकता हुँदै

अशोक राईलाई वामदेवकै हैसियत दिन तयार नेकपा, अर्को साता पार्टी एकता हुँदै
  • ६ मंसिर २०८२, शुक्रबार ११:००

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीचको एकतालाई आज अन्तिम रूप दिइने भएको छ ।

mulpatra

राईलाई बामदेव गौतमकै हैसियत नेकपा दिने भएको हो । उनलाई वरियताकै आधारमा पार्टीमा ल्याउने र कामको पनि जिम्मा दिने गरी सहमति नजिक पुगेको नेकपा एक केन्द्रीय नेताले जानकारी दिए ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सहमतिको ड्राफ्ट तयार भइसकेको छ । ड्राफ्टमा आवश्यक छलफल गरिसकिएको र त्यसलाई आज अन्तिम रूप दिइने नेता प्रकाश ज्वालाले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

उनले भने,‘सहमति पत्रको ड्राफ्ट तयार गर्यौं । सहमति पत्रमा समेत छलफल गरेर अन्तिम रूप दिनेसम्म पुग्नु भनेको लगभग एकताको प्रकृया निष्कर्षतिर पुग्ने स्थिति बनेको छ ।’

नेपाली विशेषताको समाजवादलाई क्रान्तिको कार्यदिशा बनाउने, नेकपाले मार्गदर्शक सिद्धान्त मानेको माक्र्सवाद र लेनिनवादमा जसपा पनि सहमत भएको, पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता, यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एसलगायत दर्जन कम्युनिस्ट घटकबीच नेपाली कम्युनिस्ट पार्टी बनाउन भएको १८ बुँदे सहमति कार्यान्वयनमा दुवै पक्ष सहमत छन् ।

त्यस्तै जसपाका सबै केन्द्रीय सदस्य स्वतः नेकपाको पनि केन्द्रीय सदस्य हुने छन् ।

Image Source: © https://mulpatra.com