Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

उद्देश्यविहिन नेपालको क्रान्ति, उथलपुथलका नाममा जनतालाई जहिले धोका

उद्देश्यविहिन नेपालको क्रान्ति, उथलपुथलका नाममा जनतालाई जहिले धोका
  • ७ मंसिर २०८२, शनिबार ०९:२९

काठमाडौं– भदौ २३ र २४ मा भएको जेन–जी (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेको पुस्ता) द्वारा नेतृत्व गरिएको आन्दोलनले नेपाली राजनीतिको आधार नै हल्लाइदियो ।

mulpatra

यति मात्र होइन । उनीहरुको राजनीतिक अस्तित्व संकटमा पुग्यो । अहिले यसका लागि विभिन्न प्रपञ्च रच्न थालेका छन् । यसको मुख्य कारण गहिरिँदो भ्रष्टाचार, दलगत स्वार्थ र निष्क्रिय नेतृत्वप्रति सञ्चित आक्रोश यस आन्दोलनमार्फत तीव्र रूपमा विस्फोटित भयो ।

लोकतन्त्रको शाब्दिक अर्थ जनताबाट चलाइने शासन व्यवस्था वा ‘जनताको शासन’ हो । लोकतन्त्र एक यस्तो शासन व्यवस्था हो जसमा जनताले आफ्ना शासक आफूहरूले चुन्छन् । परिवर्तनका लागि अझ भनौ ‘जनताको शासन’ का लागि नेपालमा धेरै पटक आन्दोलन भयो ।

mulpatra mulpatra mulpatra

नेपालमा भएका हरेक परिवर्तन र लोकतन्त्रपछि जनताकै छोरा शासनमा पुगे । तर जनताले प्रजातत्त्र र लोकतन्त्रको प्रत्याभुति गर्न पाएनन् । यसको अर्थ हो स्वार्थ र व्यक्ति राजनीति हाबी हुनु ।

सात दशकअगाडि राणाशासनको क्रूरता विरुद्ध राजा त्रिभुवनसमेत सहभागी भएर गरेको आन्दोलन सफल भएपछि नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । २००७ साल फागुन ७ गते नेपालमा जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिन थियो । तर त्यसपछि नेपालको राजनीतिक दाउपेजमा चल्न शुरु गरेको स्पष्ट देख्न सकिन्छ ।

नयाँ संविधान घोषणा पश्चात वि.स. २०१५ मा भएको आमनिर्वाचनमा १०९ सिट मध्ये ७४ सिट जितेको कांग्रेसले
सरकार बनाएपनि राजा महेन्द्रले २०१७ साल पुस १ गते संविधानको धारा ५५ को अधिकार प्रयोग गरी संविधान नै निलम्बन गरि पञ्चायती व्यवस्थाको सुरुवात गरे ।

Image Source: © https://mulpatra.com

त्यो निर्वाचनमा जम्मा ४ जितेको थियो नेकपाले । महेन्द्रले विस्तारै दलहरु निषेध गरे । तत्कालिन प्रधानमन्त्री वि.पी. कोइराला लगायतका वाम नेताहरुलाई समेत जेल हाले । महेन्द्रले दलबिहिन राज्य बनाउन चाहेपनि भित्र भित्रै दलहरु राजनीति विस्तारमा लागे त्यसैको परिणाम थियो झापा विद्रोह, जनमत संग्रह, ४२ साल देखि ४५ सम्मको निरन्तर युवा विद्यार्थीहरुको आन्दोलन । त्यसैको परिणाम थियो २०४६ सालको जनआन्दोलन र त्यसबाट प्राप्त उपलब्धी ।

Image Source: © https://mulpatra.com

२००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई हेर्दा व्यवस्था परिवर्तन त देखियो तर त्यसपछि राजनीतिक दलहरुमा देखिएको सत्ता प्राप्तीको लालचले जनतालाई निरासा तुल्यायो । २०४६ मा बहुदलीय व्यवस्था स्थापना भयो । २०४७ मा संविधान जारी भयो त्यसले मौलिक अधिकारको विस्तार र न्यायलयलाई स्वतन्त्र बनाउने काम त गर्यो तर कार्यकारी शक्ति प्रधानमन्त्रीमा राखेपनि जनताको आशा अनुसार काम हुन सकेन ।

बहुदलीय व्यवस्थापछि पहिलो प्रधानमन्त्री भएका स्व कृष्णप्रसाद भट्टराईलाई आफनै पार्टीले घेराबन्दीमा परे । उनलाई तत्कालिन कांग्रेसका स्व नेता गिरजाप्रसाई कोइरालानै घेराबन्दीमा परेका थिए ।

२०४८ मा आम निर्वाचन भयो फेरी २०१५ झै नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार बनायो तर बहुमतको एकमना सरकार ३ बर्ष टिक्न सकेन । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास हुन नसक्नाका कारण नेपाली कांग्रेस विभाजन हुन पुग्यो । बहुमत सरकारको प्रधानमन्त्रीले पुरा कार्यकाल काम नगरी एकाएक प्रतिनिधि सभा विघटन गर्ने सिफारीस गर्न पुगेपछि कांग्रेस भित्रको राजनीतिक विवादले जनतालाई निरासा बनायो ।

२०५१ मा आम निर्वाचन भयो । त्यो निर्वाचनमा कसैले बहुमत ल्याउन नसकेपछि हो पहिलो दलको हैसियतले नेकपा एमालले सत्ता चलाएको । कम्युनिष्ट सत्तामा आए तर नौ महिना भन्दा बढी सरकार चलाउन सकेनन् । तत्कालिन कम्युनिष्ट प्रधानमन्त्रीको मनमोहन अधिकारीको ‘आफ्नो गाउँ आफै बनाउँ नारा’ले सारा जनतालाई विकासमा एकजुट गराउन मद्धत त गर्यो तर सत्ता फेरिरहने रोग २०५१ पछिको निर्वाचनले गरायो ।

नेकपा एमालेका नेता मदन भण्डारीको हत्याबाट ससंकित जनतालाई माओवादी जनयुद्धको शुरुआतले थप आक्रान्त बनायो । माओवादी जनयुद्ध शुरु भएपछि भयको राजनीति शुरु भयो भने देशमा असुरक्षा, सार्वजनिक सम्पत्तिहरुमाथिको लुट, आगजनीले जनतालाई राजनीति प्रतिको सोचमा परिवर्तत गरायो ।

२०६२/०६३ को आन्दोलन जनतामा आएको त्यहि सोचको उपज थियो । अब केही हुन्छ भन्ने झिनो आशा जनताले बोकेर अन्तिम लडाई भन्दै गणतन्त्रका लागि लडे, भिडे । अन्ततः गणतन्त्र स्थापना भयो राजनीतिक रुपमा गणतन्त्र स्थापना हुनु जनताको जित हुनु हो थियो र भयो ।

तर माओवादी पार्टी राजनीतिक शक्तिका रुपमा उदाएपछि पनि जनताले जनताको शासनको रुपमा बुझ्न र महसुस गर्न भने पाएनन् । २० बर्षमा सत्रपटक बढी सरकार परिवर्तन भए । सत्ता किनबेचको थलो जस्तै बन्यो । जनआन्दोलन, जनयुद्धबाट आएको गणतन्त्रमा कसैको बहुमत आउन नसक्ने गरि संविधान निर्माण हुँदै गर्दा राजनीतिक दलहरु अमुक बने । जसका कारण देश अस्थिरता तिर धकेलिँदै गयो । राजनीतिक दलका सिमित नेताहरु त्यहि अस्थिरतामा फाइदा लिँदै गए ।

५/५ पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा झै प्रधानमन्त्री बन्न एमालेका नेता केपी शर्मा ओली, माओवादीका नेता प्रचण्ड धकेलाधकेलमा लागे । हो यही काराण हो जनतामा निरासा छाउनु । गणतन्त्रमा जनताले जनताको शासनको अनुभुति गर्न नपाउनु । नातावाद, कृपावाद, संस्थागत घुसखोरी जस्ता कारणले जनताले विकल्न खोज्न शुरु गरिसकेका थिए । परिवर्तनका लागि वैकल्पिक शक्तिको खोजीमा काठमाडौंका मेयर बालेन शाह, हर्क साम्पाङपछि राश्वपा नेपालको राजनीतिकमा नयाँ शक्तिकै रुपमा उदाए । तर उनीहरु पनि आन्तरिक विवादका कारण जनताको विश्वासिलो बन्न सकेन ।

जसको परिणामले जेनजी विद्रोह निम्त्यायो । यत्रो बर्षको राजनीतिक दलहरुको विरासत भदौ २४ को जेनजी विद्रोहले २४ घण्टा नपुग्दै धरासायी बनाइदियो ।

भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध सुशासनको माग राखेर जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनपछि देशमा फरक परिस्थिति उत्पन्न भएको छ । तत्कालीन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णयको विरोधमा थालनी भएको प्रदर्शनमा ठूलो जनधनको क्षति भयो । जेनजीमा पनि एकरुपता नहुँदा यो आन्दोलनको फाइदा अरुले लिइरहेका छन् ।

कांग्रेस–एमालेको केपी ओली नेतृत्व सरकार ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा जेनजी पुस्ताको माग सम्बोधन गर्दै फागुन २१ गते आमनिर्वाचन गर्ने गरी अन्तरिम सरकार गठन भएको छ । तर यो सरकारले पनि अहिले मानोमानी रुपमा सत्ताको दुरुपयोग गरिरहेको आरोप जेनजीकै छ ।

जेनजीको शान्तिपूर्ण आन्दोलनका क्रममा हुन गएको अप्रिय घटनाले राजनीतिक रूपमा ठूलो उथलपुथल ल्याएको छ । २३ गते माइतीघर मण्डलादेखि बानेश्वरसम्मको बाटो र देशका धेरै मुख्य सहरहरूमा विभिन्न गलत प्रवृत्तिका विरुद्धमा शान्तिपूर्ण नारा लगाउँदै विरोध प्रदर्शन भएको थियो । त्यसपछि देशको अवस्था पनि कता जाँदै छ भनेर जनताले प्रश्न उठाउन थालेका छन् ।

दलहरूमा नेतृत्व परिवर्तन भइरहन्छ । एकल निर्णयभन्दा सामूहिक निर्णय हितकर हुन्छ । नेपालको राजनीतिकमा बहुपदीय निर्णय कहिले हुँदैन । लामो समयसम्म स्वतन्त्र र संगठित प्रतिपक्ष नभएमा सरकारको जवाफदेहिता कमजोर हुन्छ । नागरिकका अधिकार हनन हुन्छन्। नीतिगत निरन्तरता गुम्दै जान्छ ।

कहिलेकाहीँ लामो समयसम्म एकै व्यक्ति नेतृत्वमा रहँदा विरोध गर्ने नेपाली समाजमा हिजोआज केही व्यक्तिहरू दलविहीन स्वतन्त्र नेतृत्वको कल्पना गर्छन् । स्वतन्त्र व्यक्तिमा व्यक्तिवाद हाबी हुन्छ ।


जेनजी आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचार र सुशासनको चेतना सबै जिम्मेवार नागरिकमा हुनपर्छ । यसका लागि पुराना राजनीतिक दलहरूले गरेका कमीकमजोरीको पहिचान गर्नुपर्छ। दलहरू जनता सँगै गएर आत्मालोचना गर्नुपर्छ भन्ने हो । सुशिला कार्की सरकार र उनको मन्त्रीले अहिले यस्तो काम गरिरहेका छन् त भन्ने पहिलो प्रश्न हो । तर कार्की सरकारले भ्रष्टाचार अन्त्य गर्दै सुसासन कायम गर्ने सम्बोधन नगरेपछि जेनजी पुस्ता नै कार्कीसँग असन्तुष्ट छन् ।


त्यसपछि इमानदार, क्षमतावान् र कुशल व्यक्तिहरू भएको दल मात्र जनताले मन पराउँछन् । अनि नेतामा उमेर अनुभवसँगै समस्या समाधान गर्ने क्षमता चाहिन्छ । तर अहिले तीनै पुराना दल नेपालको राजनीतिकमा फर्किन तयारी र शक्ति बटुल्न थालेका छन् ।

नेपाली जनतामा देशप्रति माया, नया पुस्ताप्रति बफादार र समृद्ध नेपालको कल्पना हुन आवश्यक छ । लामो समयदेखि देखिँदै आएको बेरोजगारी, असमान अवसर र राजनीतिकै कारण कलकारखाना बन्द भएपछि कामकै लागि विदेशीको संख्या बढ्दो छ । नेपालमा मात्र होइन विदेशमा रहेका नेपालीहरु पुराना राजनीतिक पार्टीसँग असन्तुष्ट छन् ।

जेनी आन्दोलनको प्रमुख उद्देश्य भनेको पुराना राजनीतिक ढाँचा र असफल नेतृत्वप्रति अस्वीकार जनाउँदै नयाँ पुस्ताले खोजेको पारदर्शी, जवाफदेही र अवसरयुक्त नेपालको निर्माणका लागि हो । तर जेनजी आन्दोलनपछि पनि त्यस्तो परिवर्तनको आसा र अपेक्षा गर्ने बाटो भने बनेको छैन । जसका कारण यसपटक पनि जनताले धोका पाउँलान् जस्तो छ ।


कार्की नेतृत्व सरकारले देशमा शान्ति र सुरक्षाको वातावरण कायम गर्दै असन्तुष्ट जनतालाई संवादमार्फत सम्बोधन गर्नेभन्दा पनि बल प्रयोग गरेर काम गर्न खोज्दा देशमा अस्थीरिता भित्रिन थालेको छ । यसले नेपाललाई विभिन्न संकटमा लैजान सक्छ ।

सत्ता र शक्तिको संघर्षले लोकतन्त्र कमजोर बनाउँछ । यसले जनताको भरोसा कमजोर हुन्छ। सत्ता संघर्षले सामाजिक विभाजनको रेखा कोर्न थालेको छनक आउन थालेको छ यसले राजनीतिक अस्थिरता बढाउने कामलाई मलजल गर्छ । जनता पटक पटक धोका खाएर बस्न सक्ने अवस्थामा छैनन त्यसैले बेलैमा सचेत हुने पहिलो जिम्मेवारी सरकारकै हो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com