Close

Recent Posts

बाग्मती प्रदेश स्तरीय भेला गर्दै एमाले, काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने तयारी

बाग्मती प्रदेश स्तरीय भेला गर्दै एमाले, काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने तयारी
  • ७ मंसिर २०८२, शनिबार ०७:४४

काठमाडौँ । नेकपा (एमाले) ले आज काठमाडौंमा बाग्मती प्रदेश स्तरीय जनप्रदर्शन गर्ने भएको छ । भदौ २३ र २४ गतेको आन्दोलनपछि फेरिएको सत्ता र सडकमा तत्कालिन सत्ता साझेदारहरु माथि भइरहेको आक्रमणको जवाफ दिन यो कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ ।

mulpatra

यस अघि एमालेले पालिका स्तरीय, जिल्ला स्तरीय कार्यक्रम गरेको थियो । सोही कार्यक्रम गर्ने तयारी गर्दै गर्दा बारामा जेनजी युवाहरुसँग झडप समेत भयो भने दुई दिन सम्म कर्फ्यु समेत लागेको थियो ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो । एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ ।

mulpatra mulpatra mulpatra

प्रतिनिधि सभा विघटनविरुद्ध उभिएको एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।