Close

Recent Posts

प्रसाईको बदनाम गराउन चन्दा आंतकको अफवाह फैलाइयो, दुर्गाको परिवार बाहेकलाई भेट्न प्रहरीले लगायो रोक

बैंकसँग चन्दा होइन, आन्दोलनका दिन कार्यालय बन्द गर्न आग्रह गरिएको हो

प्रसाईको बदनाम गराउन चन्दा आंतकको अफवाह फैलाइयो, दुर्गाको परिवार बाहेकलाई भेट्न प्रहरीले लगायो रोकबैंकसँग चन्दा होइन, आन्दोलनका दिन कार्यालय बन्द गर्न आग्रह गरिएको हो
  • ७ मंसिर २०८२, शनिबार ०८:५४

काठमाडौं– शान्ति सुरक्षा भाँड्ने खालका अभिव्यक्ति दिएको आरोपमा हिरासतमा रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले समर्थकसँग भेट्न रोक लगाएको छ । विहिवार देखिनै प्रहरीले प्रसाई बिरामी भन्दै समर्थक र आफन्तसँग भेट्न रोक लगाएको महाअभियानले जनाएको छ ।

mulpatra

प्रहरीले प्रसाईलाई हिरासतमा अमानविय व्यवहार गरेको र यसमा सबैभन्दा ठुलो हात गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी प्रमुख दानबहादुर शाहीको रहेको महाअभियानको आरोप छ ।

अहिले प्रसाईलाई परिवारभन्दा बाहेक समर्थक भेट्न भद्रकाली उपत्यका प्रहरी परिसरमा गएर प्रहरी उहाँ बिरामी हुनुहुन्छ भन्दै फकाउने गरेका छन् । यो सरकारले अमानविय व्यवहार गरेको हो । अब मानव अधिकार आयोग र अन्य संस्थासँग कुराकानी गर्ने तयारी भइरहेको महाअभियानले जनाएको छ ।

प्रहरीका प्रवक्ता अविनारायण काफ्ले भने प्रसाईलाई उहाँका समर्थकलाई भेट्न दिएको र त्यस्तो केही कानुनी समस्या नभएको बताएका छन् । हिरासतमा रहेका व्यक्तिलाई भेट्न समयको दुर्गा प्रसाईलाई भेट्न बन्देज नभएको उनले मूलपत्रसँग बताए ।

शान्ति सुरक्षा भाँड्ने खालका अभिव्यक्ति दिएको आरोपमा हिरासतमा रहेका प्रसाईंको आन्दोलनका लागि चन्दा उठाइरहेको भ्रमक समाचार बाहिरिएको प्रति महाअभियानले आपत्ति जनाएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा गतिविधि गरिरहेका प्रसाईंको नाम बैंकसँग चन्दा मागिरहेको हल्ला मात्र भएको महाअभियानले जनाएको छ । हामीले बैंकलाई मंसिर ७ गते आन्दोलनका दिन कार्यालय बन्द गरिदिन आग्रह गदै पत्रचार गरेको प्रसाई समर्थन नागरिक बचाउ महाअभियान दलका अध्यक्ष माधव कल्पितले जानकारी दिए ।

उनका अनुसार दुर्गा प्रसाईको नाम लिएर कसैले बैंक र अन्य संस्थासँग चन्दा मागेको प्रमाण भए हामी दिन म सम्बन्धीत पक्षलाई आग्रह गर्दछु । अहिले कहिले मिडियाले प्रसाईको बदमान गराउन र भिउज बढाउन चन्दा आंतकको समाचार लेखेको उनले बताए । ‘हामीले चन्दा कोहीसँग मागेका छनौं । हामीले मंसिर ७ गते बैंक एक दिनका लागि मिल्छ भने विदा गरिदिन आग्रह गदै पत्रकार गरेको हौं । तर अहिले भ्रम फैलाउने काम भइरहेको छ ।’ उनले भने ।

विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी (सिइओ) हरूसँग पनि चन्दा मागेको खुलेको भन्दै समाचार आयो । तर कुन चाहि सिइओसँग चन्दा मागेको हो । त्यो प्रमाण पनि राख्नु भएको भए हामीलाई बुझन सजलो हुने उनको भनाइ छ ।

महाअभियानले बैंक तथा वित्तिय संस्थामा पठाएको विज्ञप्ती