Close

नेपालमा पहिलो पटक क्यूआर कोडसहितको ड्राइभिङ लाइसेन्स छपाइ, ५२० थान हस्तान्तरण

नेपालमा पहिलो पटक क्यूआर कोडसहितको ड्राइभिङ लाइसेन्स छपाइ, ५२० थान हस्तान्तरण
  • ७ मंसिर २०८२, शनिबार २०:५९

काठमाडौं–सुरक्षण मुद्रण केन्द्रले पहिलोपटक छापेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ ।

mulpatra

क्यूआर कोडसहितको नयाँ लाइसेन्सको परीक्षण सफल भएपछि केन्द्रले शुक्रवार ५२० थान लाइसेन्स विभागलाई उपलब्ध गराएको हो ।

केन्द्रका अनुसार दोस्रो चरणमा करिब १ हजार २०० आवेदकको लाइसेन्स छपाइ भइरहेको छ । हाल लाइसेन्स छपाई तीव्रगतिमा अघि बढाइने विभागले जनाएको छ । कात्तिक १२ गते केन्द्र र विभागबीच सम्झौता अनुसार १२ लाख थान लाइसेन्स छपाइ हुनेछ ।

नयाँ लाइसेन्समा ३४ प्रकारका सुरक्षा विशेषता, क्यूआर कोड र ६ तहसम्म सुरक्षा प्रविधि समावेश छन् ।केही दिनभित्र केन्द्रले हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर पनि छाप्न सुरु गर्नेछ ।