Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

हिरासतमा रहेका दुर्गा प्रसाईको समूहसँग प्रधानमन्त्रीले थालिन वार्ता

हिरासतमा रहेका दुर्गा प्रसाईको समूहसँग प्रधानमन्त्रीले थालिन वार्ता
  • ७ मंसिर २०८२, शनिबार २१:१३

काठमाडौं । नागरिक बचाउ महाअभियानका संंयोजक दुर्गा प्रसाईलाई सरकारले केही दिन अघि मध्यरातमा घरबाटै पक्राउ गरेको थियो । हाल उनी हिरासतमै छन् । तर प्रसाईको पक्राउको चौतर्फी विरोध हुँदै आएको छ । आज उनै प्रसाईको समूहसँग प्रधानमन्त्रीसँग वार्ता भइरहेको उनको सचिवालयले जनाएको छ ।

mulpatra

गृहमन्त्री ओमप्रकाश अर्यालको पहलमा आज दुर्गा प्रसाईको प्रधिनिधिसँग प्रधानमन्त्रीको वार्ता भइरहेको गृहमन्त्रीको सचिवालयले समेत पुष्टि गरेको छ ।
अघिल्लो बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग आन्दोलनरत नागरिक बचाउ महाअभियानका संंयोजक दुर्गा प्रसाईंका प्रतिनिधिहरूसँग वार्ता भएको थियो । प्रसाईपक्षबाट २७ बुँदे माग प्रस्तुत भएको थियो । ति मागहरुका सन्दर्भमा गृहमन्त्रीले छलफल गर्ने जनाएका थिए ।

नागरिक बचाउ महाअभियानका संंयोजक दुर्गा प्रसाईले मंसिर ७ गतेबाट अनिश्चितकालिन आन्दोलन गर्ने घोषणा गरेका थिए । सोही सन्दर्भमा आम जनतालाई भिडियो सन्देश जारी गरेका थिए । भिडियो सन्देशमा जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री र प्रधानमन्त्रीको समेत संलग्नता रहेको कुरा उठाएका कारण सरकार तनावमा परेकै कारण प्रसाईलाई पक्राउ गरेको धेरैले बुझेका छन् ।

mulpatra mulpatra mulpatra

आज तिनै प्रसाईका प्रतिनिधिसँग गृहमन्त्रीको अगुवाईमा प्रधानमन्त्रीसँग वार्ता हुनुले प्रसाईको माग र आन्दोलनलाई सरकारले सम्मान गरेको प्रसाईका वार्ता प्रतिनिधिले जनाएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा खासगरि भोलीको आन्दोलन स्थिगित गर्ने, प्रसाईका मागहरु सम्बोधन गर्न पहल गर्ने र सरकारले घोषणा गरेको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सम्मको विषयमा छलफल हुने वताइएको छ ।

प्रसाईको वार्ता टोलीमा अधिवक्ता विनोद मणी भट्टराई, लुहागुन न्यौपाने प्रेमदीप लिम्बु सहभागी रहेको सचिवालयले जनाएको छ ।

Image Source: © https://mulpatra.com