बाबुराम, जनार्दन र सन्तोष एकै ठाउँमालोकतन्त्र सहितको समाजवाद मुलभुत सिद्धान्तमा प्रगतिशील लोकतान्त्रिक पार्टी
काठमाडौँ । भरखरै माओवादी केन्द्र र एकिकृत समाजवादीको एकताबाट अलग भएका नेता जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील राष्ट्रिय अभियान, पुर्व माओवादी नेता र पुर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ र रास्वपबाट अलग भएका सन्तोष परियार नेतृत्वको समूहको आज एकता हुने भएको छ ।

एकता पछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी रहने सहमति भएको छ । शनिवार भएको एकता छलफल पछि आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम हुने भएको छ ।
१५१ सदस्यीय केन्द्रिय समिति हुने गरि सहमति गरिएको पार्टीको नेतृत्व सामूहिक र समावेशी हुने बताइएको छ ।
लोकतन्त्र सहितको समाजवादको मुलभुत सिद्धान्त लिएर पार्टी एकतामा जाने सैद्धान्तिक सहमति भएको एक नेताले जनाएका छन् ।
