प्रसाईलाई छाड्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई रिहा भएका छन् । रिहा भएपछि प्रसाईं अदालतबाट आफूले न्याय पाएको बताएका छन् ।

शान्ति सुरक्षा भाँड्ने खालका अभिव्यक्ति दिएको आरोपमा उनलाई गत साता उनलाई पक्रिएको थियो ।
उनले आफू सर्वहारा वर्गको बोली भएको दाबी गरे । सुशिला कार्की नेतृत्वको सरकारले आफना भनाइ र आफु हिरासतमा भएपनि वार्ता गरेकोमा उनले बधाई दिए । ‘सरकारलाई धन्यवाद छ । जनताका आवाज सुन्न खोज्नुभयो । यो सकारात्मक हो । आगामी दिनमा आफनो माग वार्ताबाटै समाधान गर्न आग्रह गर्छु ।’ उनले भने ।
![]() |
![]() |
![]() |
|---|
पछिल्लो समय कार्कीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित जेन जी प्रदर्शनको बलमा बनेको सरकारमा रहेका व्यक्तिहरूविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका थिए । उनले संविधान संशोधन गरेर हिन्दू राष्ट्र पुनस्र्थापना हुनुपर्ने सहितका माग राखेर देशव्यापी हडतालको समेत आह्वान गरेका थिए ।
प्रसाईं रिहा भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबार सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो।
प्रसाईंलाई छोरा निराजनको जिम्मा लगाएर रिहा गरिएको सर्वोच्च अदालतले जानकारी दियो ।
Image Source: © https://mulpatra.com



