आयात र निर्यात दुवै उकालो, वैदेशिक व्यापारमा निरन्तर सुधार
काठमाडौं– नेपालको वैदेशिक व्यापारमा निरन्तर सुधार आएको छ । आयात र निर्यात दुवै उकालो लागेको छ ।

चार महिनामै नेपालले ७ खर्ब बढीको वैदेशिक व्यापार गरेको देखिन्छ । भन्सार विभागले आइताबर प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
आयात र निर्यात दुवै दोहोरो अंकमा वृद्धि भएको छ । चार महिनामा ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । समिक्षा अवधिमा ६ खर्ब ९ करोड ४५ लाख १२ हजार रुपैयाँ बराबरको आयात गरेको छ । यो गत आवको तुलनामा भने १८.७१ प्रतिशत धेरै हो । जबकि, गत आवको पहिलो चौमासमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|
यता, निर्यातको आँकडा पनि निरन्तर बढ्दो नै छ । समिक्षा अवधिमा निर्यात ७७.५१ प्रतिशत वृद्धि भएको छ । चार महिनामा नेपालले कुल ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । जबकि, गत आवको सोही अवधिमा भने ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
आयात र निर्यात बढेपनि वैदेशिक व्यापार घाटा पनि दोहोरो अंकमा वृद्धि भएको छ । चार महिनामा मुलुकको वैदेशिक व्यापार घाटा ११.९९ प्रतिशत बढेर ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।
आयातको तुलनामा निर्यातको आँकडा न्यून रहेका नै नेपालले ठुलो आकारमा व्यापार घाटा व्यहोर्दै आएको छ ।
Image Source: © https://mulpatra.com
आयातमा आएको बढोत्तरीसँगै भन्सार राजश्वमा सुधार देखिएको छ । चार महिनाको आयातबाट राज्यले १ खर्ब ५७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ७.८३ प्रतिशत धेरै हो । गत आवको पहिलो चैमासमा १ खर्ब ४५ अर्ब ८४ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । खनिज इन्धन सबैभन्दा धेरै आयात भएको देखिन्छ ।



