निर्वाचनमा भाग लिने पार्टीको संख्या ५६

निर्वाचनमा भाग लिने पार्टीको संख्या ५६
  • ९ मंसिर २०८२, सोमबार १०:३४

काठमाडौं– आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल दर्ता भएका छन् ।

mulpatra

आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ । ाष्ट्रिय सभा निर्वाचनमा भाग लिन पहिलो दिन मंसिर १ गते ३ दल, दोस्रो दिन २ गते एउटा दल, तेस्रो दिन ३ गते २ दल, पाचौँ दिन २ दल र सातौँ दिन ४ दल दर्ता भएका हुन् ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८–८ दल, पाँचौ दिन ५ गते ७ दल र सातौँ ७ गते आइतबार १६ दल दर्ता भएका छन् ।

mulpatra mulpatra mulpatra

आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी छन् ।

यस्तै, जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी र जनता प्रगतिशिल पार्टी नेपाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि शुक्रबार दर्ता भएका छन् ।

आइतबार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी आगामी निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका छन् ।

Image Source: © https://mulpatra.com