Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मलेसियामा अवैध रुपमा बसेका विदेशी कामदारलाई घरफिर्तीको मौका

मलेसियामा अवैध रुपमा बसेका विदेशी कामदारलाई घरफिर्तीको मौका
  • ९ मंसिर २०८२, सोमबार १०:४८

काठमाडौं– मलेसियाले अवैधानिक अवस्थामा रहेका विदेशीलाई घरफिर्ती कार्यक्रम खुला गरेको छ । हाल मलेसिया प्रहरीले अवैधानिक अवस्थामा बसेका विदेशी नागरिकहरूको धरपकड तीव्र पारेको छ ।

mulpatra

त्यसक्रममा पक्राउ परेका विदेशीले मलेसियामा अधिक समय बसेको तथ्य लुकाउन कुनै पनि प्रवेश–निकास स्ट्याम्प नभएको नयाँ पासपोर्ट प्रयोग गरिरहेको पत्ता लागेको बताइएको छ । अवैधानिक अवस्थामा बसेका नेपालीहरू मलेसियाको अध्यागमन कार्यालयमा ५ सय २० रिंगेट जरिमाना तिरेर घर फर्किन पाउने छन् ।

त्यसअघि उनीहरूले राहदानी नभएको भए नेपाली राजदूतावासबाट ट्राभल्स डकुमेन्ट लिएर आफैंले जहाज टिकटको व्यवस्था गर्नुपर्ने छ । अवैधानिक भइ बसेकालाई माइग्रेन्ट रिटर्न प्रोग्राम २.० अन्तर्गत क्वालालम्पुरसँगै शाहआलम, केलेनाजया, पेलाबुहान क्लाङ वा काजाङस्थित अध्यागमन कार्यालयमा उपस्थित भएर बिना कारबाही आफ्नै देश फर्कन अध्यागमन विन्दु तोकेको मलेसियाले बताएको छ ।

mulpatra mulpatra mulpatra

मलेसियाली अध्यागमन विभाग सेलांगोरको टोलीले बिहीबार राति पेटालिङ्जायास्थित दामानसारा पेरदाना, पेलांगी दामानसारालगायत स्थानमा अवैधानिक विदेशी पक्राउ गर्न छापामारी गर्ने क्रममा यस्तो कुरा पत्ता लागेको जनाएको हो ।

सेलांगोर अध्यागमन विभागका निर्देशक खैरुल अमिनुस कमरुद्दिनका अनुसार केही विदेशीले पुरानो पासपोर्ट हराएको वा म्याद सकिएको भन्दै नयाँ पासपोर्ट बनाएका छन्, तर प्रयोग नगरी राखेको भेटिएको छ ।