सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त
  • ९ मंसिर २०८२, सोमबार १६:२४

काठमाडौं – सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्। आजे बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो।

mulpatra

मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछि आजै अर्याललाई नियुक्त गरिएको हो। हाल रक्षा मन्त्रालयमा रहेका उनी वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव मध्येमा पर्थे।

अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् ।

mulpatra mulpatra mulpatra

उनले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाएका छन् ।