Close

Recent Posts

मुख्य सचिवमा नियुक्त भएका अर्याल कर्मचारी यात्रा

मुख्य सचिवमा नियुक्त भएका अर्याल कर्मचारी यात्रा
  • ९ मंसिर २०८२, सोमबार १७:५५

काठमाडौं– मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा अर्याललाई नियुक्त गरेको हो । नवनियुक्त अर्याल सचिवहरूको वरिष्ठतामा पहिलो नम्बरमा थिए । २०७७ सालमा सचिवमा बढुवा भएका उनी तथ्यांक विज्ञ सचिव हुन् ।

mulpatra

राष्ट्रिय योजना आयोगबाट असोजमा उनी रक्षा मन्त्रालयमा सरुवा भएका थिए । एकनारायण अर्यालले ५८ वर्षे उमेरहदका कारण अवकास पाएपछि रक्षा सचिव अर्याल मुख्य सचिवमा बढुवा भएका हुन् ।

सचिव भएपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काम गरेका थिए । साथै, महालेखा नियन्त्रक कार्यालय र कोशी प्रदेशको प्रमुख सचिव भएरसमेत काम गरेका थिए । उनी सार्वजनिक प्रशासनमा स्वच्छ छवि प्रशासक मानिन्छन् ।

अर्याल काठमाडौं जोरपाटीका बासिन्दा हुन् । मुख्य सचिवको बढुवाका लागि अर्यालसँगै कृष्णहरि पुष्कर, प्रमिलादेवी बज्राचार्य र मधुसुदन बुर्लाकोटी पनि प्रतिस्पर्धामा थिए । तर सरकारले वरिष्ठता नमिचिकन अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

एकनारायण अर्याल मंसिर १० बाट अनिवार्य अवकाशमा जाँदै छन् । नवनियुक्त मुख्य सचिवको सेवाअवधि ७ महिनाको हुनेछ । एकनारायण अर्याल १३ भदौ २०८१ मा मुख्य सचिव भएका थिए ।