Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको योजनामा केही बुँदामा संशोधन

युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको योजनामा केही बुँदामा संशोधन
  • १० मंसिर २०८२, मंगलवार १०:५१

जेनेभा– रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्न जेनेभामा भएको वार्तापछि युक्रेन र अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘अपडेट गरिएको शान्ति योजना’को उल्लेख गरिएको छ । दुवै पक्षले यसलाई ‘अपडेटेड र संशोधित खाँका दस्ताबेज’ भनेका छन् । अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरू बिच आइतबार जेनेभामा वार्ता भएको थियो ।

mulpatra

यसअघि, अमेरिकाले एउटा शान्ति योजना प्रस्ताव गरेको थियो । रुसको लागि अनुकूल भन्दै यूरोपेली देशले यसको विरोध गरेका थिए । नयाँ योजनामा समावेश गरिएका १९ बुँदाहरू प्रारम्भिक योजनाबाट लिइएको फाइनान्सियल टाइम्स पत्रिकाले एउटा समाचारमा एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ ।

रोयटर्सका अनुसार अद्यावधिक गरिएको नयाँ शान्ति योजनाबारे थोरै जानकारी प्राप्त भए पनि यसले पश्चिमी देशहरूले युक्रेनमा स्थायी रूपमा सेना तैनाथ गर्न सक्दैनन भन्ने बताएको छ । तर यसमा पूरै प्रतिबन्ध भने नलगाइएको पनि समाचारमा भनिएको छ ।

mulpatra mulpatra mulpatra

योजना अनुसार, डोनबास क्षेत्र रूसलाई सित्तैमा दिइने छैन । युक्रेनले रुसले कब्जा गरेको आफ्नो क्षेत्र पुनः प्राप्त गर्न कूटनीतिक माध्यमहरू अपनाउन सक्नेछ । युद्ध अपराधका लागि दिइएको आममाफी पनि फिर्ता लिइएको छ । यी वार्तामा महत्त्वपूर्ण प्रगति भएको अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले बताएका छन् ।