Close

Recent Posts

आज एकैदिन ५ हजार २०० रूपैयाँ बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

आज एकैदिन ५ हजार २०० रूपैयाँ बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?
  • १० मंसिर २०८२, मंगलवार ११:१७

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार तोलामा १९०० रूपैयाँले घटेको सुनको मूल्य आज एकैदिन ५ हजार २०० रूपैयाँले बढेको हो ।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ४७ हजार ९०० रूपैयाँ पुगेको छ । हिजो छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ७०० रूयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ७५ रूपैयाँ बढेको छ । सोमबार प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३ हजार २०० रूपैयाँ पुगेको छ ।