Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेनजीको हुलहुज्जत र उच्छृंखल गतिविधि बढेपछि सिंहदरबारमा बढाइयो सुरक्षा कडाइ

जेनजीको हुलहुज्जत र उच्छृंखल गतिविधि बढेपछि सिंहदरबारमा बढाइयो सुरक्षा कडाइ
  • ११ मंसिर २०८२, बुधबार १२:३३

काठमाडौं– केही दिनयता जेन–जीका नाममा विभिन्न समूह आएर हुलहुज्जत र उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारको मूलद्वार र भित्र सुरक्षा निगरानी बढाइएको छ ।

mulpatra

विभिन्न माग राख्न आएका जेन–जी समूहले प्रधानमन्त्रीसँग अनावश्यक र अमर्यादितरूपमा प्रस्तुत हुन थालेको, उच्छृंखल जमात देखिएकोले शान्ति सुरक्षा कायम गराउन प्रहरीले कडाइ गरेको हो ।

ज्ञापन पत्र भन्दै विभिन्न समूह माग बुझाउन आउने हो–हल्ला गर्ने हुन थालेपछि उनीहरूलाई दक्षिण गेटबाटै भित्र पस्न नदिने रणनीति रहेको सुरक्षा अधिकारीले बताएका छन् । त्यस्तै प्रधानमन्त्री कार्यालयको मुख्य गेटमा पनि प्रहरी तैनाथ गरिएको छ ।

mulpatra mulpatra mulpatra

जेन–जीका नाममा अनेक स्वार्थ समूह खडा भएर जेन–जीकै बलिदानमा बनेको सरकारलाई अप्ठ्यारो पारिरहेको भन्दै कसैलाई आउन नदिन निर्देशन दिइएको स्रोतले बतायो ।

हिजो मिराज ढुंगाना, रविकिरण हमाललगायतका गेटमै रोकिएपछि बाहिरै मागपत्र टाँसेर फर्किएका थिए । भित्र छिरेको एउटा समूह प्रधानमन्त्री कार्यालयको प्रतीक्षा हलमा हुलहुज्जत गरेर फर्किएको थियो । सुधन गुरुङ पनि मागपत्र खल्तीमा लिएर पुगेको थियो ।

आज पनि मिराजसहित प्रधानमन्त्रीलाई भेट्न गएको समूहलाई गेटबाटै लखेटेर प्रहरीले अनामनगरको पुलसम्म पु¥यायो ।

Image Source: © https://mulpatra.com