सेयरबजारमा पाँच अंकको सुधार
काठमाडौं– सेयरबजारमा आज पाँच अंकको सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको बजार आज ५.३२ अंकले उकालो लागेर २६५५.९९ विन्दुमा पुगेको हो ।

योसँगै बजारमा आज १ करोड बढी कित्ता बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८२ करोड पुगेको छ । मंगलबार १ सय २२ वटा सेयरको मूल्य बढ्दा १२५ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज झापा इनर्जीको १० प्रतिशतले बढ्दा लगानीकर्ताले ५५.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् ।
त्यसैगरी सागर डिस्टिलरी ९.९९, श्रीनगर एग्रिटेक ९.९८, स्वस्तिक लघुवित्त ८.२३ र बन्दीपुर केबलकार ७.२३ प्रतिशतले बढेका छन्। आज गिरावट आएका सेयरहरु भने अधिकतम ४.९६ प्रतिशतसम्म मात्र घटेका छन् ।
![]() |
![]() |
![]() |
|---|
कारोबारमा आज बन्दीपुरले सबैलाई उछिनेको छ । कम्पनीको २६ करोडको कारोबार भएको हो। यसबाहेक हिमालयन रिइन्स्योरेन्स २४ करोड, ङादी ग्रुप पावर २० करोड, युनियन हाइड्रोपावर १८ करोड र शिवम् सिमेन्टको १७ करोडको कारोबार भएको छ ।
आज विकास बैंक, जीवन बीमा, सामूहिक लगानी र व्यापार सूचक घटेका छन् भने बाँकी सबै बढेका छन् ।



