Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रास्वपाका सबै प्रदेश इञ्चार्जहरू जिम्मेवारीबाट मुक्त

रास्वपाका सबै प्रदेश इञ्चार्जहरू जिम्मेवारीबाट मुक्त
  • ११ मंसिर २०८२, बुधबार ११:४३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इञ्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले इञ्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । खाली रहेको प्रदेश इञ्चार्जहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिने रास्वपाले जनाएको छ ।

mulpatra

प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहेका नेताहरू पार्टीको सचिवालय सदस्य समेत हुन् । २१ फागुनको निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूलाई प्रदेश इञ्चार्जबाट पदमुक्त गरिएको रास्वपाले जनाएको छ । प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरिएकाहरूलाई निर्वाचन केन्द्रित गतिविधिमा लगाउने निर्णय भएको छ ।

सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो ।’

mulpatra mulpatra mulpatra

विगतमा जिम्मेवारी पाएका नेताहरूलाई फिर्ता गरिए पनि केन्द्रीय सदस्यबाट हुने गरी नयाँ व्यक्तिलाई इञ्चार्ज तोकिएको भने छैन ।

रास्वपाले गत वैशाखमा सातै प्रदेशका इन्चार्ज तोकेको थियो । कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल इञ्चार्ज तोकिएको थियो ।

कोशी इञ्चार्जको जिम्मेवारीमा रहेका परियारले रास्वपा परित्याग गरिसकेका छन् । सहमहामन्त्री विपीन आचार्यका अनुसार २१ फागुनको निर्वाचन नजिकिएकाले नेताहरूलाई चुनाव केन्द्रित क्रियाकलापमा जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रदेश इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

Image Source: © https://mulpatra.com