Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राष्ट्रिय सभा गृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

राष्ट्रिय सभा गृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
  • ११ मंसिर २०८२, बुधबार १४:३२

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला राखेको छ । भोलि बस्ने केन्द्रीय समितिलाई दबाब दिनको लागि आज भेला राखेको हो ।

mulpatra

भेला केही बेर अघिबाट राष्ट्रिय सभागृहमा जारी छ। पार्टीको निकासको लागि अब विशेष महाधिवेशनको विकल्प नभएको भन्दै आफूहरूले दबाब दिनको लागि भेला आयोजना गरेको नेता गुरुराज घिमिरेले बताए।

कांग्रेसमा चुनावपछि महाधिवेशन गर्ने कि अघि गर्ने भन्ने विषयमा चर्को विवाद छ। त्यसबारे असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले निर्णय लिन सकेको छैन। उनीहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन केन्द्रीय समितिलाई दबाब बढाइरहेका छन्।

mulpatra mulpatra mulpatra

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते उनीहरूले प्रस्ताव दर्ता गरेका थिए। विधानअनुसार पुस २९ भित्र विशेष महाधिवेशन गरिसक्नुपर्ने भए पनि संस्थापन पक्षले टार्न खोजेको भन्दै उनीहरू रुष्ट छन्।