Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कुवेतमा आयस्रोत नभएको विदेशी कामदार भेटिएमा देश निष्कासन गरिने

कुवेतमा आयस्रोत नभएको विदेशी कामदार भेटिएमा देश निष्कासन गरिने
  • १२ मंसिर २०८२, बिहीबार ०८:२६

काठमाडौं– कुवेतको गृह मन्त्रालयले आप्रवासी कामदारका लागि आवासीय नियमहरु परिमार्जन गरेको छ । नयाँ आवासीय कानूनको कार्यकारी नियमावलीको धारा ३८ले निवास अनुमतिपत्र भएपनि कुवेतबाट वैध रूपमा निष्कासन गर्न सकिने प्रावधान प्रस्तुत गरेको छ ।

mulpatra

मन्त्रालयले आइतबार परिमार्जित कानूनहरु सार्वजनिक गर्दै आप्रवासीलाई कुवेतबाट निष्कासन गर्न सकिने विभिन्न प्रावधानहरु सार्वजनिक गरेको छ । नयाँ प्रावधान अन्तर्गत जारी गरिएका नियमले देशमा वैधानिक रोजगारी, आम्दानी र आचरण कायम राख्न भूमिका खेल्ने जनाइएको छ । धारा ३८ को प्रावधानअनुसार आयस्रोत नभएको अवस्थामा आप्रवासी निष्कासनमा पर्न सक्नेछन् । कुवेतभित्र व्यक्तिको वैधानिक आयस्रोत नभए निर्वासनमा पठाउन सकिने प्रावधान पनि थपिएको छ ।

त्यस्तै, विदेशी कामदारले गैरकानुनी रुपमा काम गरेको भेटिए देशनिकाला गरिने छ । कुवेतस्थित जनशक्तिको सार्वजनिक प्राधिकरणको रेकर्डमा उल्लेख गरिएभन्दा अन्य कम्पनीमा काम गरे उनीहरुलाई अवैध मानिने जनाइएको छ । २०२४ को डिक्री–कानून नम्बर ११४ को धारा १९ को उल्लङ्घन गर्दै आवश्यक अनुमति बिना रोजगारीमा संलग्न भएको पाइए पनि देश निकाला गरिने भनिएको छ ।

mulpatra mulpatra mulpatra

तेस्रोमा, मुलुकको सार्वजनिक हित, सार्वजनिक सुरक्षा, वा सार्वजनिक नैतिकताको रक्षा गर्न आवश्यक ठानेको अवस्थामा पनि गृहमन्त्रीले देश निकालाको आदेश दिन सक्ने भनिएको छ । यसअन्तर्गत, नैतिक पतन वा बेइमानी, अपराध वा अपराधमा दोषी ठहरिएका व्यक्तिहरू, पाँच वर्षभित्र तीन पटक फौजदारी अभियोग लागेका व्यक्तिहरू र पाँच वर्षको अवधिभित्र कुनै पनि प्रकारको फौजदारी अभियोगमा चारपटक दोषी ठहरिएका व्यक्तिहरू पर्ने भनिएको छ ।