Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

प्रधानमन्त्री कुलपति बन्ने सिस्टम हटाउने पक्षमा कार्की

प्रधानमन्त्री कुलपति बन्ने सिस्टम हटाउने पक्षमा कार्की
  • ११ मंसिर २०८२, बुधबार १५:४०

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने बताएकी छिन् । त्रिभुवन विश्वविद्यालयको सभामा प्रधानमन्त्री कार्कीले एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने बताइन् ।

mulpatra

प्रधानमन्त्री कार्कीले आफू ६ महिनाको लागि मात्र सरकारमा गएको पनि बताइन् । ‘एउटै प्रधानमन्त्रीले सारा डोकोभरी भारी बोकेर हिँड्न सकिँदैन । स्वायत्तताको कुरा आइरहेको छ, हुनुपर्छ भन्ने लागेको छ,’ उनले भनिन् । विज्ञमार्फत नै कुलपति चयन गर्नु उपयुक्त हुने धारणा प्रधानमन्त्री कार्कीको छ ।

‘१९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमाफर्त होस्, सभाले खोजोस्,’ उनले भनिन्, ‘पोलिटिकल कारणले कहिले सभा नहुने । यो कारण भएन । विश्वविद्यालयले आफ्नको कार्यक्रम आफैं बनाउन पाउनु पर्छ । आफैं आर्जन गर्नुपर्छ । तर सरकारले हेर्नुपर्छ, अनुदानमा सरकारले मद्यत गर्नुपर्छ ।’

mulpatra mulpatra mulpatra