गृहमन्त्री र दुर्गा प्रसाईबीच वार्ता, प्रधानमन्त्रीसँग अर्को साता
काठमाडौं– गहृमन्त्री ओम प्रकाश अर्याल र राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग वार्ता भएको छ ।

गत नेपाल सरकार र महाअभियानको बीचमा गएराति भएको वार्तापछि विभिन्न १० बुँदे सहमति भएको महाअभियानको दाबी छ । सरकारले भने शनिबार बन्द फिर्तासहितका सहमतिका केही बुँदा सार्वजनिक गरेको थियो ।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको र १० बुँदे सहमति भएको महाअभियानले बताएको छ । तीनै विषयमा गहृमन्त्री र प्रसाईबीच वार्ता भइरहेको गृहमन्त्रालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
गत साता भएको सहमतिमा लघुवित्त र सहकारीमा भएको २० लाख भन्दा मुनीको ऋण मिनाहा गर्ने र सहकारी बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सन्दर्भमा सरकार, महाअभियान र सरोकारवाला निकाय र बचतकर्ता बिच संयन्त्र निर्माण गरी समस्या समाधान गर्ने विषय पनि समावेश छ ।
यीनै विषयलाई प्रथामिकतामा राखेर वार्ता गर्न लागिएको प्रसाईनिकट नेताले जानकारी दिए । उनका अनुसार गृहमन्त्रीसँग भएको भेटवार्तामा अर्को साता प्रधानमन्त्रीसँग छलफल गर्न सहमति भएको छ । अर्को साता प्रधानमन्त्रीसँग पनि यीनै विषयमा छलफल गरे बहस गर्ने उनले जानकारी दिए ।
त्यस्तै बैंक, वित्तीय संस्था, सहकारी, लघुवित्तबाट कालोसूचीमा परेका ठुला साना व्यवसायीहरूलाई कालोसूचीबाट हटाउन नेपाल सरकार, महाअभियान र सरोकारवाला निकाय (राष्ट्र बैंक) बिच त्रिपक्षीय संयन्त्र निर्माण गरी सो समस्याको समाधान गर्ने र जेनजी विद्रोह पश्चात् पक्राउ परेका जेनजी प्रदर्शनकारीहरूलाई रिहाइ गर्ने प्रक्रिया सुरु गर्ने विषय उल्लेख गरिएको छ ।
Image Source: © https://mulpatra.com
हिन्दु राष्ट्र अधिराज्य, सङ्घीयता, राजसंस्थाका सन्दर्भमा जनमतसंग्रहको माध्यमबाट निर्णय लिन महाअभियानका संयोजक र सरकारको बीचमा हुने आगामी वार्तामा घनिभूत रूपमा छलफल गरी निर्णयमा पुग्ने विषय पनि सहमतिमा उल्लेख छ ।



