एनपीएल सिजनः टियु मैदानमा आज दुई खेल हुँदै
काठमाडौं । दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई भिडन्त हुँदैछ ।

११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन भने साँझ ४ः०० बजे हुने खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।
त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको खेलमा सातौ स्थानमा रहेको लुम्बिनी र छैटौ स्थानमा रहेको पोखरा दुबैलाई जित्नै पर्ने दबाब छ ।
यता साँझ हुने खेलको टिम सुदुरपश्चिम आठ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने जनकपुर भने तालिकाको पुछारमा रहेको छ । जनकपुरले हालसम्म खेलेको तीन खेलमा एउटै जीत निकाल्न सकेको छैन ।
