सुन तोलामा १६ सय रूपैयाँ बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं– साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार एकैदिन २२०० रूपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा १६०० रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रूपैयाँ तोकिएको छ । गत शुक्रबार छापाावाल सुनको भाउ प्रतितोला २२०० रूपैयाँ बढेर २ लाख ५० हजार ६०० रूपैयाँ तोकिएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १४५ रूपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला ३ हजार ३४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार ४ सय ९० रूपैयाँ कायम भएको छ ।
