Close

Recent Posts

विदेशीने कामदारको स्वास्थ्य परीक्षणमा गरिएको शुल्क वृद्धि फिर्तालगायत अन्य समस्याको जानकारी गराउँदै संघले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

विदेशीने कामदारको स्वास्थ्य परीक्षणमा गरिएको शुल्क वृद्धि फिर्तालगायत अन्य समस्याको जानकारी गराउँदै संघले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
  • १५ मंसिर २०८२, आईतवार १२:१७

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा गरिएको शुल्क वृद्धिको विरोध गर्दै आएको छ ।

mulpatra

संघका प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठको नेतृत्वमा आज वैदेशिक रोजगारी क्षेत्रका विकृतिका विषयमा गृहमन्त्री ओमप्रकाश अर्याल ज्ञापनपत्र बुझाइएको छ ।

संघले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा गरिएकोशुल्क वृद्धिको निर्णय तत्काल फिर्ता गर्न आग्रह गर्दै पत्र पठाएको हो । श्रम मन्त्री अर्यालसँग पनि संघका पदाधिकारीले यही विषयलाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

वैदेशिक रोजगारीमा क्षेत्रमा पछिल्लो समय यति ठुलो विकृति छ । जसका कारण यस क्षेत्रमा चुनौती थपिदै आएको संघका प्रथम उपाध्यक्ष श्रेष्ठले बताएका छन् । उनले गृहमन्त्री अर्यालसँग यसै विषयमा छलफल र वैदेशिक रोजगारी क्षेत्रमा चुनौतीका रुपमा देखा परिरहेको समस्याका बारेमा छलफल भएको बताए । ‘गृहमन्त्री ज्युले पनि वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने र यस विषयमा सरकारमै छलफल गर्ने आश्वासन दिनु भएको छ । वैदेशिक रोजगारी क्षेत्रका विकृति रोक्न सरकारले सक्दो पहल गर्ने पनि उहाँ बताउनुभयो ।’ उनले भने ।

देशिक रोजगारी अर्थतन्त्रको मुख्य आधार भए पनि समस्यारहित छैन । वैदेशिक रोजगारीमा नेपाली युवाको उच्च आकर्षण र माग रहेको छ तर यो क्षेत्र उत्तिकै समस्याग्रस्त भएको उनको भनाइ छ । यसमा सबभन्दा ठुलो समस्या भनेको सिण्डिकेट थपिएको उनी बताउँछन् ।

मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको अनुगमन गरेपछि यही मंसिर ४ गते मापदण्ड पुरा गर्नेहरुको सूची सार्वजनिक गरेको थियो । मन्त्रालयले अनुगमन गरेका २०० संस्थामध्ये १७१ वटा छनौट भएका छन् ।

व्यवसायीले मंसिर ९ गतेबाट बढेको शुल्कमा परीक्षण गर्न थालिसकेका छन् । विगतमा अधिकतम छ हजार पाँच सय तिर्दै आएका कामदारले स्वास्थ्य परीक्षणमा नौ हजार पाँच सय तिर्नुपर्ने भएको छ ।