Close

बैंकर अशोक शेरचन पक्राउ

बैंकर अशोक शेरचन पक्राउ
  • १५ मंसिर २०८२, आईतवार १६:५७

काठमाडौं । बैंकर अशोक शेरचन पक्राउ परेका छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका उनलाई आज प्रहरीले पक्राउ गरेको छ ।

mulpatra

आर्थिक हिनामिना र अपचलनको आरोपमा उनलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पहिले नै प्रभु ग्रुपका अध्यक्ष रहेका देवीप्रसाद भट्टचन पक्राउ परेका थिए, भट्टचनसँग आर्थिक कारोबारमा शेरचन जोडिएको प्रहरीको आशंका छ । । भट्टचन विरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको थियो ।