सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ राजदूतको राजिनामा

सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ राजदूतको राजिनामा
  • २० मंसिर २०८२, शुक्रबार २०:५७

काठमाडौं– सरकारले फिर्ता बोलाएका ११ राजदूत मध्ये ६ जनाले राजीनामा दिएका छन् । परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाइएका १ राजदूत मध्ये ६ जनाले राजीनामा दिएको र उनीहरूको राजिनामा स्वीकृत भइसकेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।

mulpatra

रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिना,अमेरिकाका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदुत कृष्णप्रसाद ओली, बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे र कतारका लागि नेपाली राजदुत रमेशचन्द्र पौडेलले राजिनामा दिएका हुन् ।

यी राजदुतहरूले विदेशबाट फर्किए लगत्तै राजीनामा दिएको र सरकारले स्वीकृत समेत गरिसकेको प्रवक्ता क्षेत्रीले बताए । उनीहरूले गरिरहेको कार्यप्रगतिप्रति प्रश्न उठाउँदै सरकारले ३० असोजमा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।

mulpatra mulpatra mulpatra

रिट निवेदनमा सर्वोच्चले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलाग्दासम्म फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

सर्वोच्चको अन्तरिम आदेशपछि सरकारले घुमाउरो पारामा उनीहरूलाई मन्त्रालयमा हाजिर भएर कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो ।