हामी नेपाली ग्लोबल’दुारा मूलकर्मी भारतीसहित ५ सञ्चार क्षेत्रकर्मी सम्मानित
काठमाडौं– हामी नेपाली ग्लोबल’दुारा ५ जना सञ्चार कर्मी सम्मानित भएका छन् । आज ग्लोबलको तेस्रो साधारणसभाको अवसरमा विभिन्न सञ्चार क्षेत्रबाट जनताको आवाज र जनताका समस्यामा केन्द्रीत भए काम गदै आएका कमेडी नाइटका विशाल भण्डारी, न्यजु २४ बाट प्रसारित जनतासँग सिधा कुराका प्रस्तोता विरेन्द्र जैरु, अनलाइन खबरका दिनेश गौतम, साझा सवालमा वैदेशिक रोजगारी क्षेत्रमा समस्यामा कमल चलाउँदै आएका अनिल अधिकारी र मूलपत्र डटको कार्यक्रम सम्भव छ का प्रस्तोता रमेश भारतीलाई हामी नेपाली ग्लोवलले सम्मानित गरेको हो ।

नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूले गरेको योगदानको उच्च कदर गर्दै हामी नेपाली ग्लोबलले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गदै आएका छ । अवार्डबाट सम्मानित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालपनि सहभागि थिए । उनले अवार्डबाट सम्मानित भएका व्यवसायीलाई धन्यवाद दिए ।
अवार्डबाट सम्मानित हुने हरुमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही, चर्चित गायिका तथा समाज सेवी गायिका आनी छोइङ डोल्मा, गायक सञ्जय श्रेष्ठ, महिला फुटबलर सावित्रा भण्डारी (साम्बा), लेख तथा समाजसेवी पासाङ शेर्पा, अधिवक्ता केशवराज सेडाईं, उद्यमी पासांग लामा, पत्रकार ऋषि धमला तथा न्यूयोर्कमा नेपाली समुदायका लागि कार्यरत संस्था अधिकार छन् ।
हामी नेपाली ग्लोबलको तेस्रो साधारणसभा विदेशमा बसोबास गर्दै आएका नेपालीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताएको छ । यस संस्थाका अध्यक्ष अमृत लामाले राजनीति, धर्म, जाति वा वर्ग भन्दा माथि उठेर संसारभरि रहेका नेपालीहरुलाई एकजुट गर्ने उद्देश्यले ’हाम्रो नेपाली ग्लोबल’ स्थापना गरिएको उक्त संस्थाले रहेको उनले बताए । ‘विदेशमा बसे पनि मायाँ नेपालकै छ । त्यही भएर नेपालको विकाशका लागि विदेशमा बस्ने नेपालीले लगानी गर्न खोजीरहेका छन् । सरकारले उनीहरूलाई लगानी गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने ।
विदेशमा बसोबास गर्ने नेपालीसँग सीप, अनुभव र विकाशसम्बन्धी ज्ञान भएकाले नेपालमा त्यसको उपयोगका लागि सरकारले उत्प्रेरित गर्नुपर्ने लामाले बताए । त्यसले रोजगारी सिर्जनामा थप मद्दत पुग्ने उनको भनाइ छ ।
अमेरिका बसोबास गर्दै आएका नेपालीहरूको संस्था हामी नेपाली ग्लोबलले नेपालका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । हामी नेपालीले नेपालको कृषि, रोजगार सिर्जना, आर्थिक, मनोरञ्जन, ऐतिहासिक संरक्षण, संस्कृति वा कलाको उत्थान र देशभित्र विभन्नि क्षेत्रमा सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ ।
