Close

Recent Posts

रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

हजारका नोटमा पनि चुच्चे नक्सा आउँदै, डिजाइन बदलेर चीनमा छापिने

हजारका नोटमा पनि चुच्चे नक्सा आउँदै, डिजाइन बदलेर चीनमा छापिने
  • १६ मंसिर २०८२, सोमबार ०८:२०

काठमाडौँ– १ हजार दरका नेपाली नोटमा पनि कालापानी, लिपुलेख र लिम्पियाधूरा समेटिएको नक्सा (चुच्चे नक्सा) छापिने भएको छ । नेपाल राष्ट्र बैंकले चीनको एउटा कम्पनीसँग एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्ने सम्झौता गरेको छ ।

mulpatra

भर्खरैमात्र रू. १०० दरका नोटमा चुच्चे नक्सा छापिएर आएको छ । अब त्यो नक्सा हजार रुपैयाँको नोटमा पनि देख्न पाइने भएको हो ।

यसअघि उक्त नोट छाप्ने ठेक्का तोडिएपछि नेपालमा १००, १००० लगायतका दरको नोट अभाव भएको थियो । तर पुनः ठेक्का खोल्नु अघि केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ‘चुच्चे नक्सा समेटेरमात्रै नोट छाप्न’ राष्ट्र बैंकलाई निर्देशन दियो । त्यसपछि केन्द्रिय बैंकले नोटको डिजाइन परिवर्तन गर्न मन्त्री परिषदमा प्रस्ताव लगेर निर्णय गराएपछि मात्रै नयाँ नोट छाप्ने प्रक्रिया सुरु भएको हो ।

mulpatra mulpatra mulpatra

‘रीतपूर्वक पेश हुन आएको न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता चाइना ब्याङ्क नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, पैचिङ, चीनसँग करार सम्झौता भएको’ राष्ट्र बैंकले एक सूचनामार्फत् जानकारी दिएको छ ।

गच विहीबार यस्तो करार सम्झौता भएको राष्ट्र बैंकले जनाएको छ । यति नोट छाप्नका लागि राष्ट्र बैंकले चिनियाँ सेक्युरिटी प्रिण्टिङ प्रेसलाई १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (करीब रू. २ अर्ब ४३ करोड १२ लाख ३३ हजार) तिर्ने भएको छ । यस आधारमा १००० रुपैयाँको एउटा नोट छाप्नका लागि राष्ट्र बैंकले ५ रुपैयाँ ६५ पैसा २ दाम हाराहारी खर्चगर्ने देखिएको छ ।

केन्द्रिय बैंकले नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि मिति गएको भदौ १० मा द राइजिङ नेपाल दैनिकमा सूचना प्रकाशित गरेको थियो ।

Image Source: © https://mulpatra.com

नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ को दफा ५४ र सार्वजनिक खरिद नियमावली, २०६४ को दफा १३७ मा यस प्रकारको खरीदसम्बन्धी जानकारी सार्वजनिक गर्नुपर्ने प्रावधानका आधारमा राष्ट्र बैंकले सूचना प्रकाशन गरेर यस्तो बताएको हो ।