Close

Recent Posts

रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

रास्वपाले नवनिर्वाचित केन्द्रीय सदस्यलाई भोलि शपथ गराउँदै

रास्वपाले नवनिर्वाचित केन्द्रीय सदस्यलाई भोलि शपथ गराउँदै
  • १६ असार २०८३, मंगलवार ०९:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना गर्ने भएको छ।

mulpatra

पार्टीको निर्वाचन आयोगका अनुसार महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यले बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेबाट पद तथा गोपनीयताको शपथ लिनेछन्।

यसअघि सभापति रवि लामिछाने, उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य तथा सहमहामन्त्रीहरू हरि ढकाल, असिम शाह र निशा डाँगीले आफ्नो पदको शपथ ग्रहण गरिसकेका छन्। अब शपथ ग्रहणसँगै पार्टीको नयाँ केन्द्रीय समितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ।

mulpatra mulpatra mulpatra

शपथ समारोह सम्पन्न भएपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने कार्यक्रम तय गरिएको छ। उक्त बैठकमा संगठनको आगामी कार्यदिशा, जिम्मेवारी बाँडफाँट तथा विधानअनुसारका आवश्यक निर्णयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ।

रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार रहेको छ। पहिलो बैठकमै सभापति लामिछानेले मनोनयनसम्बन्धी प्रस्ताव अघि बढाउन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

मनोनीत सदस्यहरूको टुंगो लागेपछि पार्टीका बाँकी पदाधिकारी चयन प्रक्रिया अघि बढाइनेछ। विधानअनुसार सभापतिले उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता तथा तीन सहप्रवक्ता मनोनीत गर्ने व्यवस्था रहेको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com