Close

Recent Posts

युवा संघ नेपाल झापाका अध्यक्ष फुर्वा लामा दोब्बरभन्दा बढी मतले पराजित

लामा दुई पटक टिके अध्यक्ष बन्ने

युवा संघ नेपाल झापाका अध्यक्ष फुर्वा लामा दोब्बरभन्दा बढी मतले पराजितलामा दुई पटक टिके अध्यक्ष बन्ने
  • १५ मंसिर २०८२, आईतवार १८:३९

काठमाडौं– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल झापाका अध्यक्ष फुर्वा लामा .प्रदीप गोले) आधाभन्दा बढी मतले पराजित भएका छन् ।

mulpatra

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि झापा –४ मा भएको निर्वाचनमा उनी झापा जिल्लाकै पुर्व अखिल अध्यक्ष रोशन सुवेदीसँग आधाभन्दा बढी मतले पराजित भएका हुन् । लामा दुई पटक टिके पथाबाट अध्यक्ष बनेको एमालेकै नेताहरुको आरोप छ ।

झापा –४ वाट सोही क्षेत्रका संसद लालप्रसाद साँवा लिम्बु पनि एमालेको ११ औँ महाधिवेशनका लागि निर्वाचित भएका छन् । उनले सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । झापा–४ बाट दुई पटक संसद जितेका उनले १८०६ मत ल्याएका थिए ।

mulpatra mulpatra mulpatra

उनीपछि पछि शिवसताक्षी नगरपालिकाका मेयर, मेघहाङ्ग थोप्रा (रोशन)ले बढी मत ल्याएर निर्वाचित भएका छन् । उनले १७७३ मत ल्याएर विजयी भएका हुन् ।

सोही क्षेत्रका पुर्व प्रदेश संसद तथा मन्त्री हिरा थापा पनि दोब्बर मत बढी मत पराजित भएका छन् । प्रदेश सभाका पूर्वसांसद हिराकुमार थापा पनि पराजित भएका छन् । खनालले ६९६ मत पाउँदा थापाले ६६६ मत पाए भने उनीहरुलाई पराजित गर्ने रविन्द्र लम्सालले दोब्बर बढी मत पाएका छन् ।

यस्तै झापा क्षेत्र नम्बर ५ मा सोही क्षेत्रका निर्वाचित भएका प्रदेश सभा सदस्य राधाकृष्ण खनाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् झापा–४ मा एमाले अध्यक्ष केपी ओलीकै प्यालन ११ औँ महाधिवेशनका लागि निर्वाचन भएर आएको छ ।

Image Source: © https://mulpatra.com