Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने

कांग्रेसमा जुट्यो सहमति, २६–२९ पुसमा महाधिवेशन हुने
  • १५ मंसिर २०८२, आईतवार १८:४१

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय गर्न नेताहरूले गृहकार्य गरिरहेका छन् । कांग्रेसले आगामी २६ देखि २९ पुसमा महाधिवेशन गर्ने लगभग पक्का भएको छ । यो मिति भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने एक नेताले जानकारी दिए ।

mulpatra

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट यस्तो सहमति जुटेको बताइएको छ ।

सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्नेछन् । कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुनेछ ।

mulpatra mulpatra mulpatra

यसअघि पार्टीका महामन्त्री थापा र सहमहामन्त्री महेन्द्र यादवको महाधिवेशनका फरक–फरक प्रस्तावमा भने कुनै छलफल हुने छैन । संस्थापनका केन्द्रीय सदस्यहरूको आइतबारको भेलाले यादवको प्रस्तावलाई बहुमतबाट पारित गराउने निष्कर्ष निकालेको थियो । कांग्रेसको २८ असोजदेखि जारी केन्द्रीय समिति बैठक पटक–पटक सर्दै सोमबारका लागि तय गरिएको छ ।