Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कांग्रेस महाधिवेशनको मितिमा झमेला, आज फेरी बैठक बस्दै

कांग्रेस महाधिवेशनको मितिमा झमेला, आज फेरी बैठक बस्दै
  • १६ मंसिर २०८२, सोमबार १०:२८

काठमाडौँ । डेढ महिना देखि चल्दै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज फेरी बस्ने भएको छ । जेनजी आन्दोलन पश्चात पार्टी भित्र चलेको विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषय टुङ्गोमा पुर्याउन कांग्रेसले सकेको छैन ।

mulpatra

५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरि विशेष महाधिवेशनको माग गरेपछि संस्थापन पक्ष त्यसलाई पन्छाउन खोजी रहेको छ । आज दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा त्यहि महाधिवेशनको कार्यतालिकामा छलफल हुने बताइएको छ ।

जेनजी आन्दोलनमा आक्रमणको शिकार भएपछि देउवाले कार्यबाहक सभापति पूर्ण बहादुर खड्कालाई दिएका थिए । खड्काले पार्टी भित्र उठेको नियमित महाधिवेशन कि विशेष महाधिवेशन को विषयलाई सहमतिमा ल्याउन पटकपटक छलफल गर्दा समेत नसकेपछि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए ।

mulpatra mulpatra mulpatra

अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेको अवस्थामा आम निर्वाचन अघि महाधिवेशन गर्ने र गर्नुहुँदैन भन्ने पक्ष विभाजित देखिएको छ ।

कांग्रेसमा महाधिवेशनको मिति विवाद भएपछि विशेष महाधिवेशनको माग फिर्ता भए निर्वाचन अघि नियमित महाधिवेशन गर्न सकिनेमा सभापति देउवा सकारात्मक रहेको बुझिएको छ । तत्कालका लागि पुसभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने शीर्ष सहमति बनेको छ । सोही कारण पनि नियमित महाधिवेशनको अर्को कार्यतालिकामा आज सहमति हुन सक्ने महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन् ।