Close

Recent Posts

कांग्रेसको १५ औं महाधिवेशन पुस २६ र २८ मा गर्ने निर्णय, यस्तो छ कार्यतालिका

कांग्रेसको १५ औं महाधिवेशन पुस २६ र २८ मा गर्ने निर्णय, यस्तो छ कार्यतालिका
  • १६ मंसिर २०८२, सोमबार १६:४२

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने निर्णय भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति केन्द्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी गराए ।

mulpatra

यो निर्णयसँगै लामो समय चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक आज समापन भयो ।

जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिर्वतको वहस सुरु भएको थियो । पार्टीको संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गरेपछि कुरा मिल्न सकेको थिएन । यसले गर्दा केन्द्रीय समिति वैठक लम्बियो । अन्ततः नियमित अधिवेशन नै आमनिर्वाचनभन्दा अगाडि गर्न कांग्रेस नेतृत्व तयार भएको हो ।

mulpatra mulpatra mulpatra

कांग्रेसको महाधिवेशन कार्यतालिका यसप्रकार छः

–मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने

–जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।

Image Source: © https://mulpatra.com

–क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।

–नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।

–विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।

–गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।

–गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।

–प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।

–प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।

–एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।

–प्रदेश अधिवेशन २३ र २४ गते ।

महाधिवेशन पुस २६, २७ र २८ गते ।