Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्तिम संस्कार

मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्तिम संस्कार
  • १६ मंसिर २०८२, सोमबार १६:४५

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

mulpatra

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् ।

mulpatra mulpatra mulpatra

बालेनलाई पितृशोक परेको खबरपछि सरकारका मन्त्री, नेता, समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए । त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।