Close

Recent Posts

६ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

६ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम
  • १७ मंसिर २०८२, मंगलवार ०८:२७

काठमाडौँ । दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

mulpatra

सोही प्रभावका कारण काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ । सो प्रभावले कोशी, मधेश र बागमती प्रदेशमा प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । आज मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही भू–भागमा हुस्सु लागेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।