Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रदेश प्रमुख पछि मधेशमा एमालेको सरकार गुम्ने खतरा

प्रदेश प्रमुख पछि मधेशमा एमालेको सरकार गुम्ने खतरा
  • १७ मंसिर २०८२, मंगलवार १०:२४

काठमाडौँ । सर्वोच्च अदालतले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन सर्वोच्चले आदेश दिएको छ । सो आदेश अनुसार आज साँझ सम्म यादवले विश्वासको मत लिन सकेनन भने सरकार गठनको नयाँ प्रक्रियामा छिर्ने छ ।

mulpatra

लोसपाबाट नियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते सदनमै विश्वासको मत लिने बेला राजीनामा दिएका थिए पछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त गरेकी थिइन ।

मुख्यमन्त्रीलाई कानुन विपरित र होटलमा सपथ गराएको विवादका कारण सरकारले प्रदेशप्रमुख भण्डारीलाई बर्खास्त गरि नयाँ प्रदेश प्रमुखका रुपमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेको थियो ।

mulpatra mulpatra mulpatra

त्यतिखेरै प्रदेशका ७३ जना सांसदहरूले असंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोही रिट निवेदनमा सोमबार सर्वोच्च अदालतले फैसला गर्दै आज साँझसम्म विश्वासको मत लिन परमादेश दिएको थियो।

सात दलका ७३ सांसद एकातिर र मुख्यमन्त्री चलाइरहेको एमालेसँग जम्मा २४ सिट मात्र रहेको छ । सोही कारण पनि प्रदेश प्रमुख गुमाएको एमालेले मुख्यमन्त्री समेत गुमाउने खतरा बढेको छ ।

Image Source: © https://mulpatra.com