Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

निर्बाध रुपमा चुनावी गतिविधि गर्न पाउने वातावरण र तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ: गृहमन्त्री अर्याल

निर्बाध रुपमा चुनावी गतिविधि गर्न पाउने वातावरण र तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ: गृहमन्त्री अर्याल
  • १७ मंसिर २०८२, मंगलवार ११:४६

कैलाली– प्रदेशस्तरीय सुरक्षा गोष्ठीका क्रममा कैलालीको धनगढी पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुने’ दाबी गरेका छन् ।

mulpatra

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै अर्यालले फागुन २१ गतेको निर्वाचन ‘पर नसर्ने’ बताए । ‘सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन हो,’ गृहमन्त्री अर्यालले भने, ‘भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ ।’

अर्यालका अनुसार निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भइसकेको छ । राजनीतिक दललाई निर्बाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाइरहेको छ । ‘यो साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौं । कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन ।’ गृहमन्त्री अर्यालले भने ।

mulpatra mulpatra mulpatra

देशलाई ट्र्याकमा ल्याउन निर्वाचनको विकल्प छैन: मुख्यमन्त्री शाह

गोष्ठीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले देशलाई ट्र्याकमा ल्याउन निर्वाचनको विकल्प नभएको बताएका छन् । सबै मिलेर निर्वाचनको वातावरण बनाउनु पर्नेमा मुख्यमन्त्री शाहले जोड दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताए ।

Image Source: © https://mulpatra.com

उद्घाटनसत्रपछि दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरु, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे छलफल हुने बताइएको छ । गोष्ठीमा फागुण २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल हुने छ ।

गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि सहभागी छन् ।