Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मंसिर २२ मा दुर्गा प्रसाईलाई वार्ताका लागि प्रधानमन्त्रीको पत्र

मंसिर २२ मा दुर्गा प्रसाईलाई वार्ताका लागि प्रधानमन्त्रीको पत्र
  • १७ मंसिर २०८२, मंगलवार १३:२३

काठमाडौं–नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई प्रधानमन्त्री सुशिला कार्कीले वार्ताका लागि पत्र पठाएकी छिन् । मंसिर १२ गतेका लागि कार्कीले प्रसाई वार्ताका लागि बोलाएको पत्रमा उल्लेख छ । गत साता प्रसाई र गृहमन्त्री ओमप्रकाश अर्यालबीच वार्ता भएको थियो ।

mulpatra

प्रसाईंले सरकारसँग औपचारिक वार्ताको मिति तय भएको हो । मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने मिति तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीको तर्फबाट पनि मेरा मागहरू जनजीविकाका सवालमा महत्वपूर्ण छन् भन्ने सन्देश आएको छ । मेरो स्वास्थ्यमा केही समस्या देखिएकाले उपचार र विश्रामपछि २२ गते वार्तामा बस्ने सहमति हुने प्रसाईले बताउँर्दै आएका थिए ।

mulpatra mulpatra mulpatra

आफूले उठाएका मागहरू आफ्नो व्यक्तिगत नभई देश, जनता र सर्वहारा वर्गको भएको भन्दै प्रसाईंले यी माग पूरा नभए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिदै आएका थिए । उनले प्रधानमन्त्रीको टेबलसम्म आफ्ना माग पुग्नुलाई सकारात्मक रूपमा लिएको बताए ।

प्रसाईं नेतृत्वको अभियानले विभिन्न २७ बुँदे माग राखी ७ मंसिरबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो । ६ मंसिरमा सरकारले अभियानसँग वार्ता गरेको थियो । सो वार्तापछि अभियानले १५ दिनका लागि आन्दोलन स्थगित गरेको थियो ।


१५ दिनभित्र सरकारले माग सम्बोधन गर्ने बताएपछि आफूहरूले आन्दोलन स्थगित गरेको आन्दोलनका नेताहरूको भनाइ थियो । अभियानले त्यसबेला सरकारसँग वार्ता गर्दा संयोजक प्रसाईं भने थुनामा थिए ।

Image Source: © https://mulpatra.com

सार्वजनिक शान्तिमा खलल पु¥याएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि, अदालतको आदेशमा उनी धरौटीमा रिहा भए ।