Close

Recent Posts

मार्तडी बजारमा आगलागी, २ घण्टादेखि निभाउने प्रयास जारी

मार्तडी बजारमा आगलागी, २ घण्टादेखि निभाउने प्रयास जारी
  • १७ मंसिर २०८२, मंगलवार १४:४८

काठमाडौं–बाजुराको मार्तडी बजारमा भीषण भएको छ । बाजुराको एक पसलमा लागेको निभाउने क्रम जारी छ । दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ ।

mulpatra

जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२ः२० बजेतिर आगलागी सुरु भएको हो । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

जिल्लाभर दमकल नहुँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीले आगो निभाइरहेका छन् । आगलागीको कारण खुलेको छैन ।