किन पक्राउ परे गुण एयरका सन्चालक राजेन्द्र शाक्य
काठमाडौं । प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा शाक्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।
केही दिन अघि प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेका थिए । उनै शेरचनमाथि अनुसन्धान गर्ने क्रममा शाक्य समेत जोडिएका छन् । उनलाई शेरचन समेतको मिलेमतोमा प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप लागेको छ ।
