Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईका एजेण्डा संम्बोधन गदै सरकार, समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानीको तयारी

प्रसाईका एजेण्डा संम्बोधन गदै सरकार, समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानीको तयारी
  • १८ मंसिर २०८२, बुधबार १६:०६

काठमाडौ– समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयारी गरिसकेको छ ।

mulpatra

देशभर करिब ३४ हजार सहकारी संस्था सञ्चालनमा रहेका छन्। ती सहकारी तीन तहका सरकार मातहत अलग अलग दर्ता रहेकाले नियमनमा समस्या छ । जसमा कति सहकारी पीडित छन् भनेर सरकारले अध्ययन र तथ्यांक तयार पारिरहेको छ ।

समुदायमा सहकारीको आदर्श तथा सिद्धान्तमा आधारित भएर सहकारी सदस्यको हितमा क्रियाशील सहकारी संस्थाहरूले राम्रो प्रगति गरेका छन् भने सिद्धान्तविपरीत बचत संकलन गरी कर्जा प्रवाह गर्ने अधिकांश सहकारी समस्यामा छन् ।

mulpatra mulpatra mulpatra

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ । बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

सर्वहारा र भुईँमान्छले लघुवित्त र सहकारीबाट लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग प्रसाईं समूहले राखेको छ । यसैगरी २० लाख भन्दा बढीको ऋण २५ किस्ताबन्दीमा पाँच प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने सुविधाको माग पनि प्रसाईं समूहले राखेको छ ।

प्रसाई नेतृत्व महाअभियानको तर्फबाट प्रस्तुत लघुबित्त र सहकारीमा भएको २० लाख भन्दा मुनीको ऋण मिनाहा गर्ने र सहकारी बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सन्दर्भमा सरकार, महाअभियान र सरोकारवाला निकाय र बचतकर्ता बिच संयन्त्र निर्माण गरी समस्या समाधानको बुँद्धा राखिएको थियो । सरकारले यस विषयलाई संम्बोधन गर्ने भएको छ ।

Image Source: © https://mulpatra.com

गत साता प्रसाईसँग भएको वार्तामा महाअभियानको तर्फबाट प्रस्तुत लघुबित्त र सहकारीमा भएको २० लाख भन्दा मुनीको ऋण मिनाहा गर्ने र सहकारी बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सन्दर्भमा सरकार, महाअभियान र सरोकारवाला निकाय र बचतकर्ता बिच संयन्त्र निर्माण गरी समस्या समाधान गर्ने माग राखिएको छ ।

सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो । पछिल्लो समय समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्नो बचत फिर्ता माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । बचकर्ताको आन्दोलनले पनि सरकारलाई उक्त चक्रीय कोष खडा गरेर सानो बचत रकम फिर्ता गर्न दबाब दिएको हो ।

उक्त कोषमा सहकारी ठगका सम्पत्ति बेचबिखन पछि आउने रकम राखेर भरपाइ गर्न समेत आयोगले सुझाएको छ । सरकारले पनि सोही सुझाव कार्यान्वयन गर्न चक्रीय कोष कार्यविधि बनाएर कार्यान्वयन गर्न लागेको हो । त्यस्तै वित्तीय क्षेत्र सुधार सुझाव आयोगले पनि पीडित बचतकर्ताको ५ लाखसम्मको रकम सरकारले कोष खडा गरेर भुक्तानी दिनुपर्ने सुझाएको छ ।

कार्यविधिको मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रलयसँग २ अर्ब रकम माग प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । कार्यविधि मस्यौदामा १ लाखसम्मका साना बचतकर्तालाई रकम फिर्ता दिने प्रस्ताव गरिएको छ ।

१ लाख बचत भएका बचतकर्तालाई पूरै दिने÷नदिने सन्दर्भमा अर्थ मन्त्रालयले सुझाव दिएपछि निर्णय अघि बढाइने मन्त्रालयको भनाइ छ । सहकारी मन्त्रालयले तयार गरेको कार्यविधि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयले पनि त्यसलाई समीक्षा गर्ने भएकाले रकम भुक्तानीको आकार यकिन हुन्छ ।

प्रसाईको मंसिरमा प्रधानमन्त्री सुशिला कार्कीसँग वार्ता हुँदै छ । उक्त वार्तामा केही माग सरकारले सम्बोधन गर्ने तयारीमा छ ।