Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

शंकरको टिप्पणी– लोडसेडिङ हटाउने योजना ओलीको हो, कुलमानले जस मात्र लिए

शंकरको टिप्पणी– लोडसेडिङ हटाउने योजना ओलीको हो, कुलमानले जस मात्र लिए
  • १९ मंसिर २०८२, बिहीबार १०:०८

दाङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउन योजना बनाउनेले जस नपाई तेस्रो पक्षले त्यसकै नाममा पार्टी खोलेको टिप्पणी गरेका छन् ।

mulpatra

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यलो नेपाल पार्टी’ घोषणा गरेकामा इंगित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’

उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् ।

mulpatra mulpatra mulpatra

पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौँको दरबारमार्गमा एमालेले गरेको जागरणसभामा भनेका थिए, ‘केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो ।’