Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

निर्जीवन बीमा व्यापारमा तीव्र प्रतिस्पर्धा, कुन कम्पनी अगाडी

निर्जीवन बीमा व्यापारमा तीव्र प्रतिस्पर्धा, कुन कम्पनी अगाडी
  • १९ मंसिर २०८२, बिहीबार २०:५७

काठमाडौं– दावी भुक्तानीको चाप रहेका निर्जीवन बीमा कम्पनीहरुको व्यापार वृद्धि पनि दोहोरो अंकमा देखिएको छ । चार महिनामै पौने १६ अर्ब हाराहारीको व्यवसाय भित्र्याएका छन् ।

mulpatra

नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको पहिलो चार महिनामा १४ निर्जीवन बीमकले १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा १२.४२ प्रतिशत धेरै हो । जबकि, गत आवको कात्तिक मसान्तसम्म ती कम्पनीहरुले १४ अर्ब ९ कोड ७२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

mulpatra mulpatra mulpatra

तीन वटा बाहेकका सबै कम्पनीहरुले व्यापार बढाएका छन् । व्यापारमा कम्पनीहरुबीच निकै प्रतिस्पर्धा पनि देखिएको छ ।
समिक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले सर्वाधिक १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । जबकि, गत आवको सोही अवधिमा भने पनि १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।
दोस्रो सूचीमा रहेको शिखर इन्स्योरेन्स पनि १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

शिखरको व्यापार २३.२८ प्रतिशत वृद्धि भएको छ । गत आवको कात्तिक मसान्तसम्म कम्पनीले १ अर्ब ४१ करोड ३ लाख रुपैयाँ बराबरको मात्रै व्यवसाय भित्र्याएको थियो । कात्तिकसम्मको आँकडा अनुसार सलिको र शिखरको उच्च प्रतिस्पर्धा देखिएको छ । प्रायः निर्जीवन बीमामा शिखर नै पहिलो सूचीमा हुने गरेको छ ।

यी दुई कम्पनीले हिमालयन एभरेष्टले पच्छ्याएको देखिन्छ । हिमालयनले पनि चार महिनामा १ अर्ब ६० करोड ५८ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएको छ । जबकि, गत आवको सोही अवधिमा १ अर्ब १४ करोड ९८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको व्यापार ३९.६६ प्रतिशत बढेको देखिन्छ ।

Image Source: © https://mulpatra.com

चौंथो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यापार पनि ५.८२ प्रतिशत बढेर १ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सो अवधिमा कम्पनीले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

व्यवसाय बढाउन भने हिमालयन एभरेष्ट, एनएलजी, सानिामा जिआइसी, युनाईटेड अजोड शीर्ष सूचीमा छन् । समिक्षा अवधिमा एनएलजीको व्यापार ३४.०१ प्रतिशत वृद्धि भई १ अर्ब २६ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, सानिमा जिआइसीको व्यापार पनि ३०.९३ प्रतिशत बढेर १ अर्ब २ करोड ३ लाख र युनाइटेड अजोडको २७.८० प्रतिशत बढेर १ अर्ब ७ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

अधिकांश कम्पनीको व्यापार बढेपनि राष्ट्रिय बीमा कम्पनीसहित तीन वटाको भने गिरावट आएको छ । समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको व्यापार २८.९३ प्रतिशत घटेर ४३ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ । यस्तै, ओरियण्टलको पनि सामान्य ०.५० प्रतिशत र नेकोको ०.३९ प्रतिशत घटेर क्रमशः ९२ करोड ४० लाख र १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।

प्राधिकरणका अनुसार आइजीआई प्रुडेन्सियलको व्यापार १२.२२ प्रतिशत बढेर १ अर्ब २७ करोड ३६ लाख, नेपाल इन्स्योरेन्सको १०.०९ प्रतिशत बढेर ८६ करोड ६२ लाख, प्रभू इन्स्योरेन्सको ४.७१ प्रतिशत बढेर ६५ करोड ७१ लाख र नेशनल इन्स्योरेन्सको ३.९० प्रतिशत बढेर ५० करोड ५ लाख रुपैयाँ कायम भएको छ ।