Close

Recent Posts

ट्रम्प प्रशासनले रोक्यो १९ देशका आप्रवासीको ‘ग्रीनकार्ड’

ट्रम्प प्रशासनले रोक्यो १९ देशका आप्रवासीको ‘ग्रीनकार्ड’
  • १९ मंसिर २०८२, बिहीबार १९:२०

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले १९ गैर–युरोपेली देशका आप्रवासीहरूका सबै इमिग्रेशन आवेदन, ग्रीन कार्ड तथा नागरिकता प्राप्त प्रक्रिया रोकेको छ ।

mulpatra

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षामा बढ्दो जोखिमका कारण यस्तो कदम चालिएको स्पष्ट पारेको छ ।

बुधबार सार्वजनिक गरिएको सूचीमा अफगानिस्तान, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सियेरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला माथी यस्तो प्रतिबन्ध लगाएको छ । यी मध्ये केहि देशहरुमा गत जुन महिनादेखि आंशिक यात्रा प्रतिबन्ध लागु गरिएको थियो।

mulpatra mulpatra mulpatra

नयाँ नीतिअनुसार यी देशका आप्रवासीहरूले दिइसकेका सबै आवेदन रोकिनेछ र पुनः विस्तृत छानबिन अनिवार्य हुनेछ।आवश्यक परे पुनः अन्तर्वार्ता समेत लिन सकिने उल्लेख गरिएको छ, जसको उद्देश्य राष्ट्रिय सुरक्षा तथा सार्वजनिक सुरक्षामा पर्ने सम्भावित जोखिमको पूर्ण मूल्यांकन गर्नु रहेको बताइएको छ ।

नयाँ निर्णयसँगै ती देशका नागरिकहरू अमेरिकामा आवतजावतमा अझ कडा प्रतिबन्धमा पर्ने भएको छ । ट्रम्प प्रशासनको कडा इमिग्रेशन नीति राष्ट्रपति ट्रम्पको राजनीतिक एजेन्डाको प्रमुख हिस्सा मानिन्छ ।

नयाँ नीतिको आधार बनेको सरकारी ज्ञापनपत्रमा गत हप्ता वासिङ्टनमा भएको नेशनल गार्डमाथिको आक्रमणलाई प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ। उक्त घटनामा एक अफगान नागरिकलाई पक्राउ गरिएको छ। गोली प्रहारमा एक नेशनल गार्ड सदस्यको मृत्यु भएको थियो भने एक जनाको अवस्था गम्भीर बनेको थियो ।

Image Source: © https://mulpatra.com

नेशनल गार्डमाथिको आक्रमणपछि ट्रम्प प्रशासनले एकपछि अर्को कडा कदम घोषणा गर्न थालेको छ, जसले कानुनी आव्रजनमाथि पनि थप संकुचन हुने देखिएको छ।