Close

Recent Posts

भोजपुरको समाजसेवामा तल्लिन पुर्वमन्त्री कृपाशुर शेर्पाले बाँडे ७५० विद्यार्थीलाई न्यानो ज्याकेट

भोजपुरको समाजसेवामा तल्लिन पुर्वमन्त्री कृपाशुर शेर्पाले बाँडे ७५० विद्यार्थीलाई न्यानो ज्याकेट
  • १९ मंसिर २०८२, बिहीबार १९:४९

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कृपाशुर शेर्पा समाजसेवामा तल्लिन भएका छन् । भोजपुरका नेता शेर्पाले रामप्रसाद गाउपालिका वडा नं. ५ मानेभन्ज्याङ को बेहेरेश्वर माद्ममिक विद्यालय र वडा नं. ६ बैकुण्ठेको शावित्रा माद्ममिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो ज्याकेट ७५० थान वितरण गरेका छन् ।

mulpatra

जाडो मौसम सुरु भएसँगै त्यहाँका विद्यार्थीहरुलाई चिसोबाट बचाउन न्यानो ज्याकेट वितरण गरिएको शेर्पाले बताएका छन् । सोवर्स एक्सन नेपालको सहयोगमा ज्याकेट वितरण गरिएको समेत पूर्व मन्त्री कृपा सुर शेर्पाले बताएका छन् । पुर्व मन्त्री शेर्पाको पहलमा सो संस्थाले ३६,७५,००० मूल्य बराबरको ज्याकेट उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

स्थानीय जनप्रतिनिधि, स्थानीय अगुवाहरू र विद्यालय व्यवस्थापन समेतको सहभागीतामा भएको ज्याकेट वितरण कार्यक्रममा समाजसेवामा तल्लिन शेर्पाले सोवर्स एक्सन नेपालको सहयोग प्रति आभार प्रकट गरेका छन् ।

समाजसेवामा तल्लिन नेकपा एमालेका नेता समेत रहेका पुर्वमन्त्री शेर्पालाई भोजपुर एमालेले प्रतिशोध साँधेर कारवाहीको सिफारीस गरेको थियो । खासगरि भोजपुरमा शेर्पा र शेरधन राईको राजनीतिक प्रतिस्पर्र्धालाई लिएर प्रतिशोध साँधेको आरोप लागेको छ । भोजपुर जिल्ला नेकपा एमालेका वर्तमान अध्यक्ष मक्कर खड्का समेत राईको पक्षमा लागि शेर्पामाथि प्रतिशोध साँधेका कारण सर्वत्र आलोचना भएको छ ।

भोजपुरबाट संविधानसभा सदस्य जितेका शेर्पा पर्यटनमन्त्रीसमेत भएका थिए । हाल नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका मकर खड्का शेर्पा मन्त्रि हुँदा शेर्पाको सचिवालयमा समेत काम गरेका व्यक्ति हुन् । तर मन्त्रीको प्रमुख स्वकीय जस्तो महत्वपूर्ण जिम्मेवारीमा बसेका उनीबाट गोपनीयता लगायतका कुराहरुले उनीलाई स्वकीयबाट हटाइएको शेर्पाले जनाएका छन् । खड्कालाई मन्त्रालयको काम कारवाहीमा अनुचित लेनदेनमा समेत सहभागी भएको आशंका गरिएको थियो । भोजपुरका अर्का नेता शेरधन राई कोशी प्रदेश मुख्यमन्त्री हुँदा उनको सचिवालय समेत सम्हालेका खड्का त्यहाँ समेत विवादित भएका थिए । राईको सचिवालयमा हुँदा समेत खड्काले श्रीमतीको नाममा इन्जिनियरीङ कन्सल्टेन्सी खोलेर अनुचित लाभ लिएको विभिन्न सन्चार माध्यममा आएको थियो ।

जाडो मौसम सुरु हुनासाथ न्यानो कपडा समेत लाउन नसक्ने गरिबका छोराछोरीलाई ज्याकेट वितरण गर्न पुगेका पुर्व पर्यटन मन्त्री शेर्पा भोजपुरको समाजसेवामा सँधै तल्लिन रहेपनि राजनीतिक प्रतिशोधका कारण उनी छाँयामा पर्ने गरेको भोजपुरकै स्थानीय नेताहरुले बताउने गरेका छन् ।