Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

पुरानै पोलिसीको भरमा चल्दै बीमा कम्पनी

पुरानै पोलिसीको भरमा चल्दै बीमा कम्पनी
  • २२ मंसिर २०८२, आईतवार ०८:०९

काठमाडौं– जीवन बीमा कम्पनीहरुको पुरानै व्यवसाय अर्थात् नकिवरण मार्फत संकलन हुने बीमा शुल्क दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीहरुले चार महिनामै नकिवरण मार्फत साढे ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

mulpatra

नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुले ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ नविकरण बापत बीमा शुल्क आर्जन गरेका छन् ।

यो गत वर्षको तुलनामा १५.९५ प्रतिशत धेरै हो । जबकि, गत आवको सोही अवधिमा आइपुग्दा ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ मात्रै प्रिमियम कलेक्शन गरेका थिए ।

mulpatra mulpatra mulpatra

जीवन बीमा कम्पनीहरु पुरानै व्यवसायमा निर्भर देखिन्छ । कुल व्यापारको झन्डै ८० प्रतिशत (७९.५४ प्रतिशत) हिस्सा नविकरण मार्फत संकलित बीमा शुल्कको छ । यसमा २०.४५ प्रतिशत मात्रै नयाँ व्यवसाय छ ।

समिक्षा अवधिमा कम्पनीहरुले १२ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन गरेका छन् । ठुलो हिस्सा पुरानै व्यवसायको भएता पनि कम्पनीहरु नयाँ व्यापार बढाउन पनि तातिएका छन् ।

प्राधिकरणका अनुसार पुरानै व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्कमा पनि नेपाल लाइफकै वर्चश्व छ । कम्पनीले चार महिनामा १३ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम नविकरण मार्फत संकलन गरेको छ । जबकि, गत आवको सोही अवधिमा १२ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको थियो ।

Image Source: © https://mulpatra.com

दोस्रो सूचीमा रहेको नेशनल लाइफले ५ अर्ब ५८ करोड ६३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा भने १४.१६ प्रतिशत धेरै हो । तेस्रो स्थानमा रहेको एलआइसी नेपालले पनि नविकरण बीमा शुल्क ४.१८ प्रतिशत बढाएर ५ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

नविकरण बीमा शुल्क बढाउने मामलामा भने राष्ट्रिय जीवन बीमा कम्पनी शीर्ष सूचीमा छ । कम्पनीको यस्तो बीमा शुल्क २३८.३१ प्रतिशत बढाएर ४ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । जबकि, गत आवको पहिलो चार महिनामा १ अर्ब ३४ करोड ३५ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क संकलन गरेको थियो ।

यस्तै, सिटिजन लाइफको नविकरण बीमा शुल्क पनि २१.७२ प्रतिशत बढेर १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । यता, आइएमई लाइफको पनि २०.६३ प्रतिशत बढेर १ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ कायम भएको छ ।

त्यसैगरि रिलायवल नेपाल २०.०१ प्रतिशत बढेर १ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा हिमालयन लाइफको नविकरण बापत संकलन हुने बीमा शुल्क ४ अर्ब ९५ करोड ९२ लाख, सूर्यज्योति लाइफको २ अर्ब ८० करोड ९६ लाख, एशियन लाइफको २ अर्ब ३६ करोड ६६ लाख, सानिमा रिलायन्सको १ अर्ब ७३ करोड ४२ लाख मेट लाइफको १ अर्ब ६२ करोड, प्रभू महालक्ष्मीको १ अर्ब ३७ करोड ७० लाख र सन नेपाल लाइफको १ अर्ब १ करोड २१ लाख रुपैयाँ कायम भएको छ ।