Close

Recent Posts

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण ५ हजारमै गर्ने पक्षमा व्यवसायी

चक्रपथका स्वास्थ्य व्यवसायी पछि सहमत

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण ५ हजारमै गर्ने पक्षमा व्यवसायीचक्रपथका स्वास्थ्य व्यवसायी पछि सहमत
  • २२ मंसिर २०८२, आईतवार १२:०४

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले स्वास्थ्य परीक्षणको नाममा अस्वभाविक शुल्क वृद्धि भएको विरोध गदै आएका छन् । उनै व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण ५ हजार रूपैयाँमै गर्ने भएका छन् ।

mulpatra

साथै चक्रपथका एरियाका स्वास्थ्य व्यवसायीले पनि ५ हजारमै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणका लागि तयार भएका छन् । सरकारले दुई हप्ता अघि नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार ५ सय रुपैयाँ बनाएको थियो । यसको सबैतिर विरोध भएको थियो ।

स्वास्थ्य जाँचमा पारदर्शिता, रोजगारी यात्रामा सुरक्षा’ भन्ने नारासहित अघि बढाइएको उक्त योजनाले श्रमिकलाई पूर्ण राहत दिने भन्दै खत्रीले आगामी दिनमा सञ्चालनमा गरिने यस स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले तोक्दै आएका सम्पूर्ण मापदण्डलाई अक्षरशः पालना गर्दै पूर्ण जवाफदेही रूपमा सेवा उपलब्ध गराउने वैदेशिक रोजगार व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष तथा संघका निवर्तमान प्रथम उपाध्यक्ष डिकबहादुर खत्री कुमारले जानकारी दिए ।

उनका अनुसार सरकार र स्वास्थ्य व्यवसायीको अडानपछि करिब ३ सय व्यवसायीको सहमतिमा वैदेशिक रोजगार पारदर्शी र राहतपूर्ण स्वास्थ्य संस्था खोली ५ हजार रूपैयाँमा तोकिएको हो ।

यसमा कतिपय स्वास्थ्य व्यवसायी समेत यस विषयमा सहमतिमा आएको उनले बताए । ‘तत्काल ५ हजारमा तोकिएकासहित हालसम्म प्रयोगमा नआएको मानसिक स्वास्थ्य मूल्यांकन, काउन्सिलिङ तथा देशगत मौसमअनुसारको तीन घण्टे स्वास्थ्य सजगता तालिम समेत निःशुल्क रुपमा प्रदान गरिने छ ।’ उनले भने

वैदेशिक रोजगारमा जानुअघि गरिने स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका श्रमिकलाई संस्थाले उनीहरूले तिरेको शुल्क मध्यबाट घरसम्म पुग्ने यातायात खर्च प्रदान गर्दै सम्मानपूर्वक घर फर्काउनेसहित वैदेशिक रोजगारमा गइ स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भइ फर्किनुपरेका श्रमिकलाई वैदेशिक रोजगार ऐन, दफा ७२(२) अनुसार दिइने क्षतिपूर्ति पूर्णरूपमा पारदर्शी र यथाशक्य छिटो दिइ श्रमिकमा थप आर्थिक बोझ पर्न नदिने पनि उनको दाबी छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १ सय ७१ संस्था मापदण्डअनुसार भन्दै सूचीकरण गरेको छ । यसमध्ये मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा, साउदी अरबले १९ वटा, कतारको कतार भिसा सेन्टर, इजरायलका लागि ४ र कोरियाका लागि ३ र जापानको लागि ८ वटा मेडिकल सेन्टरले कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

२०७१ माघमा पुरूष कामदारको स्वास्थ्य परीक्षण शुल्क २ हजार ९ सय ४० र महिलाका लागि ३ हजार १ सय रहेकोे शुल्क ५ वर्षपछि २०७६ मा गाम्का अन्तर्गतका मेडिकलमा ६ हजार ४ सय र मलेसियाका लागि ६ हजार ५ सय र अन्य मुलुकका लागि ४ हजार ४ सय कायम भएको थियो ।