Close

Recent Posts

विदेशीने कामदारको स्वास्थ्यमाथि खेलवाड हुने ३ प्रकारको स्वास्थ्य परिक्षण शुल्क, दुविधामा श्रमिक

फरक–फरक शुल्कमै सिण्डिकेटको आशंका

विदेशीने कामदारको स्वास्थ्यमाथि खेलवाड हुने ३ प्रकारको स्वास्थ्य परिक्षण शुल्क, दुविधामा श्रमिकफरक–फरक शुल्कमै सिण्डिकेटको आशंका
  • २२ मंसिर २०८२, आईतवार १६:०५

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले स्वास्थ्य परीक्षणको नाममा अस्वभाविक शुल्क वृद्धि भएको विरोध गदै आएका छन् । उनै व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण ५ हजार रूपैयाँमै गर्ने भएका छन् ।

mulpatra

व्यवसायीले ५ हजारमै स्वास्थ्य परिक्षण गर्न भनेपछि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण ४ हजार ५ सय तोकेका छन् । नेपाल मेडिकल व्यवसायी संघकी उपाध्यक्ष समेत रहेकी कला दाहालले आफनो फेसबुक स्टाटसमा चक्रपथका व्यवसायीले ४ हजार ५ सयमै स्वास्थ्य परिक्षण गराउन भनेकी छिन् ।

उनको स्टाटसमा चक्रपथका एरियाका स्वास्थ्य व्यवसायीले पनि ४ हजार ५ हजारमै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गरिने भनिको छ ।

mulpatra mulpatra mulpatra

सरकारले दुई हप्ता अघि नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार ५ सय रुपैयाँ बनाएको थियो । यसको सबैतिर विरोध भएको थियो । भने वैदेशिक रोजगार व्यवसायीहरुले शुल्क बृद्धिको विरोधमा विज्ञप्ती समेत जारी गरेका थिए ।

पछिल्लो समयमा रोजगार व्यवसायी र नेपाल मेडिकल व्यवसायी संघकी उपाध्यक्षले वैदेशिक रोजगारीमा जाने कामदारको शुल्क फरक–फरक तोकेपछि श्रमिक भने कुन शुल्कमा स्वास्थ्य परिक्षण गराउने भने दुविधामा परेका छन् । सरकारले भने गत बुधबार देखि नै ९ हजार ५ सय शुल्क तोकेको छ । त्यसपछि दुवै व्यवसायीले फरक शुल्क तोकेपछि उनीहरुमा अझ दुविधा थपिएको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष तथा संघका निवर्तमान प्रथम उपाध्यक्ष डिकबहादुर खत्री कुमारले स्वास्थ्य जाँचमा पारदर्शिता, रोजगारी यात्रामा सुरक्षा’ भन्ने नारासहित अघि बढाइएको उक्त योजनाले श्रमिकलाई पूर्ण राहत दिने गरी शुल्क तोकिएको बताए ।

Image Source: © https://mulpatra.com

उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले तोक्दै आएका सम्पूर्ण मापदण्डलाई अक्षरशः पालना गर्दै पूर्ण जवाफदेही रूपमा सेवा उपलब्ध गराउने समेत जानकारी गराएका छन् । खत्रीले वैदेशिक रोजगारीमा जाने कामदारका हकहितका लागि तत्काल यति शुल्कमै स्वास्थ्य परिक्षण गराउन सकिने बताए । ‘सरकारले एकैपटक दोब्बर शुल्क बढाएपछि तत्कालका लागि समस्या समाधान गर्न हामीले बीचको बाटो खोजेको हौं । वैदेशिक रोजगारीमा जाने कामदार अलमलमा नपर्नु भनेर अहिले बीच बाटोको शुल्क तोकिएको हो ।’ उनले भने ।

वैदेशिक रोजगारीमा जाने कामदार स्वास्थ्य परिक्षणमा फेल भएर फर्किए भने त्यसको दोष म्यानपावरमाथि आउने भएका कारण पनि यसमा हाम्रो चासो जोडिएको उनको भनाइ छ ।

यता कला दाहालले तोकेको शुल्क नेपाल मेडिकल व्यवसायी संघको आधिकारिक हो की होइन भन्ने प्रश्नको विषय बनेको छ । श्रम मन्त्रालयले तोकेको शुःल्क भने बुधबार देखि लागू गरिएको छ । तर व्यवसायी यो शुल्कमा स्वास्थ्य परिक्षण नगराउन कामदार अपिल गरेका छन् ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १ सय ७१ संस्था मापदण्डअनुसार भन्दै सूचीकरण गरेको छ । यसमध्ये मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा, साउदी अरबले १९ वटा, कतारको कतार भिसा सेन्टर, इजरायलका लागि ४ र कोरियाका लागि ३ र जापानको लागि ८ वटा मेडिकल सेन्टरले कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

२०७१ माघमा पुरूष कामदारको स्वास्थ्य परीक्षण शुल्क २ हजार ९ सय ४० र महिलाका लागि ३ हजार १ सय रहेकोे शुल्क ५ वर्षपछि २०७६ मा गाम्का अन्तर्गतका मेडिकलमा ६ हजार ४ सय र मलेसियाका लागि ६ हजार ५ सय र अन्य मुलुकका लागि ४ हजार ४ सय कायम भएको थियो ।