Close

Recent Posts

अमेरिकाले २ महिनामा ४ सय इरानीलाई देश निकाला, २ हजारलाई डिपोर्ट गर्दै

अमेरिकाले २ महिनामा ४ सय इरानीलाई देश निकाला, २ हजारलाई डिपोर्ट गर्दै
  • २४ मंसिर २०८२, मंगलवार ०७:५१

काठमाडौं– मेरिकाले आइतबार एकैदिन ५० जना इरानी नागरीकलाई पक्राउ गरी देश निकाला गरेको छ ।

mulpatra

आइतबार निष्कासन गरिएका व्यक्तिहरूको पहिचान वा उनीहरूको व्यक्तिगत परिस्थिति, (स्वेच्छाले देश निकाला स्वीकार गरे वा जबरजस्ती विमानमा चढाइए) भन्ने बारे कुनै स्पष्ट जानकारी दिइएको छैन ।

सेप्टेम्बरमा, अधिकारीहरूले अमेरिकाले देश निकाला गरिने लगभग ४०० इरानीहरूलाई पहिचान गरेको बताएका थिए, जसमध्ये १२० जनालाई लिएर पहिलो उडान कतारको राजधानी हुँदै तेहरान पुगेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कारबाही अन्तर्गत दोस्रो चरणको अभियान अन्तर्गत अमेरिकाले ५० जना इरानीहरू आगामी दिनहरूमा आफ्नो देश फर्कने इरानको विदेश मन्त्रालयले जनाएको छ । यसमा इरान नागरिक मात्र नभएर अन्य देशका नागरिकहरू पनि रहेको बताइएको छ ।

ट्रम्प प्रशासनको व्यापक निष्कासन अभियानको हिस्सा रूपमा, अमेरिकाले इरानसँग सम्झौता गरेको छ जसअनुसार देश निकाला प्रक्रियामा परेका करिब २ हजार इरानी नागरिकलाई समन्वय गरेर चार्टर विमानमार्फत तेहरान पठाइनेछ। विगतमा, अमेरिकाले इरानीहरूलाई व्यावसायिक उडानमार्फत व्यक्तिगत रूपमा मात्र निष्कासन गथ्र्यो ।

इरान र संयुक्त राज्य अमेरिकाबीच १९७९ को इस्लामिक क्रान्तिपछि कूटनीतिक सम्बन्ध छैनन्, र दशकौँदेखि अमेरिकाले इरानी असन्तुष्टहरू, धार्मिक तथा जातीय अल्पसंख्यकहरू,एलजीबीटीआइक्यु समुदायका सदस्यहरू, र आफ्नै देशमा उत्पीडनबाट भाग्ने अन्य व्यक्तिहरूलाई आश्रय दिंदै आएको छ।

उडानमा रहेका इरानीहरूको सूचीसँग परिचित एक इरानी अधिकारीले ती व्यक्तिहरू अमेरिका दक्षिणी सिमानाबाट प्रवेश गरेका, महीनौँसम्म डिटेन्सनमा राखिएका थिए, र उनीहरूको आश्रय माग अस्वीकार गरिएको बताए।